सुदूरपश्चिमका मुख्य न्यायाधिवक्ता जोशीद्वारा शपथ ग्रहण
बुधबार, ३० साउन २०८१, २२ : ५४
कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्य न्यायाधिवक्ता ठेकेन्द्रराज जोशीले आज पद तथा गोपनीयताको शपथ लिएका छन् ।
सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँको उपस्थितिमा उच्च अदालत दिपायलका मुख्य न्यायाधीश शान्तिसिंह थापाले जोशीलाई प्रदेश प्रमुखको कार्यालयमा पद तथा गोपनीयताको शपथ गराए ।
मुख्यमन्त्री कमलबहादुर शाहको सिफारिसमा प्रदेश प्रमुख मियाँले आइतबार जोशीलाई मुख्य न्यायाधिवक्तामा नियुक्त गरेका थिए ।
धनगढी घर भएका जोशी यसअघि पनि मुख्यमन्त्री शाहकै नेतृत्वको सरकारको समयमा आठ महिना मुख्य न्यायाधिवक्ता बनेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोल्यान्ड र युक्रेनबिच कूटनीतिक टकराव : जेलेन्स्कीको राजकीय सम्मान फिर्ता
-
गाईलाई यातना दिएर टिकटक भिडियो बनाउने सिटी सफारी चालक पक्राउ
-
ब्राजिलको गोल वर्षा, पहिलो हाफमै हैटीविरुद्ध ३–० को अग्रता
-
रवि र बालेनको सहमतिमै रास्वपाको नयाँ नेतृत्व छानिने, निर्वाचन अन्तिम विकल्प
-
हैटीविरुद्ध ब्राजिलको दोस्रो गोल
-
एसियाली करातेमा एरिकालाई कांस्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण