टाटा मोटर्सका डिलरहरुलाई पन्च ईभीको टेस्ट ड्राइभ
काठमाडौँ । नेपालको लागि टाटा मोटर्सको अधिकारिक वितरक सिप्रदी ट्रेडिङले आफ्नो नेपालभरी रहेका डिलरहरुलाई चितवनको सौराहामा पन्च ईभीको टेस्ट ड्राइभ उपलब्ध गराएको छ ।
टेस्ट ड्राइभ कार्यक्रममा डिलरसँगै सिप्रदीको प्यासेन्जर भेहिकलको व्यवस्थापन टिम, टाटा मोटर्स भारतको प्रतिनिधिहरू र सर्भिस टिमको सहभागिता रहेको कम्पनीले जनाएको छ । नाडा अटो–शोमा लन्च गर्न लागिएको पन्च इभी नेपालको बहुप्रतीक्षित गाडी भएको कम्पनीको भनाइ छ । सबै सहभागीहरुबाट पन्च ईभीलाई देखेर उत्साहित प्रतिक्रिया आएको कम्पनीले जनाएको छ ।
पन्च ईभी भारतमा टाटा पन्च मासिक रुपमा १८ हजार युनिटभन्दा बढी बिक्री भइरहेको छ ।
पन्च इभिमा १६–इन्च एलआरआर टायर, १९० मिमी ग्राउन्ड क्लियरेन्स, प्रभावशाली एप्रोच, डिपार्चर र र्याम्प–ओभर एंगल्स लगायतका विशेषताहरु छन् । यसका साथै यस गाडीमा ९०–डिग्रीको कोणमा खुल्ने ढोका, ३६६ लिटरको बूट स्पेस, फ्रंकमा १४ लिटरको थप स्पेस रहेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण