विश्व बैंकले बजेटरी सहायता वृद्धि गर्ने
बिहीबार, ३१ साउन २०८१, १६ : २९

काठमाडौँ । विश्व बैंकले नेपाललाई प्रदान गर्ने बजेटरी सहायता वृद्धि गर्ने भएको छ ।
उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग भएको भर्चुअल बैठकमा विश्व बैंकका दक्षिण एसिया क्षेत्रका लागि उपाध्यक्ष मार्टिन रेजरले बजेटरी सहयता वृद्धि गर्ने जानकारी दिएका हुन् ।
उपाध्यक्ष रेजरले लगानीको वातावरण, आर्थिक सुधार, रोजगारी वृद्धि लगायतका क्षेत्रमा सुधारका लागि सुझाव दिए ।
विश्व बैंकबाट गत आर्थिक वर्ष बजेटरी सहायताका रूपमा नेपाललाई २०५ मिलियन अमेरिकी डलर प्राप्त भएको थियो ।
अर्थमन्त्री पौडेलले नेपालमा स्थिर सरकार गठन भएकाले थप लगानीका लागि वातावरण तयार भएको उल्लेख गर्दै आयोजनाहरू समयमा सम्पन्न गर्न आवश्यक सहकार्य गर्दै अघि बढ्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गृहमन्त्रीको राजीनामाबारे प्रतिपक्ष दलभित्रै मतभेद
-
पूर्वराष्ट्रपति भण्डारीको चीन भ्रमणमा चिनियाँ पक्षले के–कस्ता चासो राखे ?
-
जिल्ला प्रहरी परिसर काठमाडौँबाटै समातिए सांसद दिपक सिंह
-
सुनकोशी मरिन डाइभर्सन परियोजना समयमा नसकिए ठेक्का तोडिनेछ : प्रधानमन्त्री
-
कविता राई गाउँलेको कविता सङ्ग्रह ‘फाटकको घाम’ सार्वजनिक
-
चितवनमा टिप्पर दुर्घटना, घाइते चालककाे उद्धार