प्रदेशस्तरमा केन्द्रीय परामर्श समितिकाे बैठक बोलाउने माओवादीको निर्णय
काठमाडौँ । नेकपा माओवादी केन्द्रले प्रदेशस्तरमा केन्द्रीय परामर्श समितिकाे बैठक बोलाउने निर्णय गरेको छ । बिहीबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सम्पन्न स्थायी समिति बैठकले प्रदेशस्तरमा संयुक्त केन्द्रीय परामर्श समितिकाे बैठक बोलाउने निर्णय गरेको सचिव दीनानाथ शर्माले जानकारी दिए । शर्माका अनुसार प्रत्येक प्रदेशस्तरमा अध्यक्ष, उपाध्यक्ष लगात पदाधिकारी जानेछन् । उनीहरूको सल्लाह र सुझाव अनुसार केन्द्रीय समितिको पूर्ण बैठक बोलाइएको शर्माले रातोपाटीलाई बताए ।
‘प्रदेशस्तरमा केन्द्रीय समिति बैठक राख्ने निर्णय गरेको छ । कुन प्रदेशमा कहिले बैठक राख्ने भनेर कार्यतालिका बन्दैछ । प्रदेश बैठकमा अध्यक्ष, उपाध्य, महासचिव लगायत नेताहरू सहभागी हुनेछन् । प्रदेशस्तरमा भएको छलफल, सुझावका आधारमा पूर्ण केन्द्रीय समिति बैठक बोलाउने निर्णय भएको छ’, उनले भने ।
आजको बैठकमा अध्यक्ष प्रचण्डले पार्टीभित्र देखिएको वैचारिक र राजनीतिक मतभेदलाई अन्त्य गरेर पार्टीलाई एकताबद्ध बनाएर लैजाने प्रतिबद्धता जनाएको शर्माले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केपी ओलीलाई आफ्नोभन्दा बढी कांग्रेसको चिन्ता !
-
अभिनेत्री दीपाश्री निरौला डिस्चार्ज
-
प्रधान न्यायाधीश शर्मा भारत प्रस्थान
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण