इजरायली बासिन्दाले वेस्ट बैंकको गाउँमा गरे आक्रमण
शुक्रबार, ३२ साउन २०८१, १२ : ०५
तेल अभिभ । इजरायली बस्तीमा बसोबास गरिरहेका मानिसहरूले वेस्ट बैंकको एउटा गाउँमा घर र कारमा आगजनी गरेका छन् । प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयका अनुसार यस घटनामा एक जनाको मृत्यु भएको छ भने अर्का एक व्यक्ति घाइते भएका छन् ।
घाइतेको छातीमा गम्भीर चोट लागेको बताइएको छ । आगजनी गर्नेहरूले मास्क लगाएका थिए । नेबलस शहर नजिकै रहेको जिट गाउँमा आक्रमण गर्ने मानिसहरूले ढुङ्गामुढा पनि गरेको इजरायली रक्षा बल (आईडीएफ)ले बिहीबार साँझ भनेको थियो । इजरायली नेताहरूले यो आक्रमणको निन्दा गरेका छन् ।
उनीहरूले अपराधीलाई कारबाही गर्ने प्रतिबद्धता समेत जनाएका छन् । एक जना आक्रमणकारीलाई आपूmले हिरासतमा लिएको आईडीएफले बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
८ हजार महिलाले भरतपुर अस्पतालबाट लिए सुत्केरी सेवा
-
सिरियामा दुई बस एकआपसमा ठोक्किँदा ३५ जनाको मृत्यु, ३० घाइते
-
रूपन्देहीमा आर्थिक अपराध एवं घरेलु हिंसाका घटना उच्च
-
मदनकृष्ण श्रेष्ठसहित पाँच स्रष्टालाई ‘छिन्नलता गीत पुरस्कार’
-
माछाका भुरा तथा खाने माछा बिक्रीबाट राजस्व वृद्धि
-
भारतबाट ल्याउँदै गरेको खैरो हेरोइनसहित युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण