लागु औषध मुद्दामा सजाय पाएका एन्फा उपाध्यक्ष दाबा लामालाई बर्खास्तीको माग गर्दै उजुरी
काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) का वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्काले लागू औषध मुद्दामा सजाय पाएका एन्फाकै उपाध्यक्ष दाबा लामालाई पदबाट बर्खास्त गर्नु पर्ने मागसहित युवा तथा खेलकुद मन्त्रालयमा उजुरी हालेका छन् ।
लामाले साबिक पुनरावेदन अदालत (हाल उच्च अदालत) पाटनबाट लागू औषध खैरो हेरोइन बिक्री–वितरण र कारोबार मुद्दामा पाँच वर्ष कैदको सजाय पाएको र आफ्नो सजायविरुद्धमा उनले तोकिएको समयभित्र सर्वोच्च अदालतमा पुनरावेदन समेत नगरेकाले उनलाई एन्फाको उपाध्यक्षमा बस्ने हैसियत नरहेको दाबी खड्काले गरेका छन् ।
खड्काले आफ्नो उजुरीमा खेलकुद विकास ऐन २०७७ मा रहेको प्रावधानको बारेमा पनि उल्लेख गरेका छन् । उक्त ऐनको दफा २२ को उपदफा ५(ङ) र राखेपबाट स्वीकृत एन्फाको विधानको धारा २४(३)(ङ) अनुसार, दाबा लामा कुनै पनि खेल संघमा बस्न सक्ने अवस्था नरहेको दाबी गरिएको छ । खड्काले आफ्नो उजुरीको बोधार्थ राष्ट्रिय खेलकुद परिषद्लाई पनि दिएका छन् ।

यसैगरी, खडकाले संसदको राज्यव्यवस्था तथा सुशासन समितिमा पनि दाबा लामालाई एन्फा उपाध्यक्ष पदबाट बर्खास्त गरिनु पर्ने मागसहित अर्को उजुरी हालेका छन् । उनले राज्यव्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडालाई सम्बोधन गर्दै शुक्रबार नै उजुरी दर्ता गराएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसको ग्रीन रन प्रतियोगितामा मुकेश पाल प्रथम
-
मधेस प्रदेश सरकारद्वारा सिरहा र सप्तरीका एक हजार २०१ परिवारलाई आवास निर्माण
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण