हिमताल फुटेर आएको बाढीले सोलुखुम्बुमा १४ घर बगायो, ७ घर जोखिममा (अपडेट)

विराटनगर । सोलुखुम्बु जिल्लाको खुम्बु पासाङ ल्यहामु गाउँपालिका ५ मा पर्ने खुम्बु थामे क्षेत्रमा हिमताल फुटेर आएको लेदोसहितको बाढीले १४ घर बगाएको छ । बाढीबाट एउटा विद्यालय, ३ वटा क्लिनिकसहित १४ वटा घरमा पूर्ण क्षति भएको हो ।
यस्तै ७ वटा घर उच्च जोखिममा रहेको सोलुखुम्बुको प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीले जानकारी दिइन् । उनले मानवीय क्षतिको विवरण नआएको बताइन् । यसैबिच जल तथा मौसम विज्ञान विभागले पनि दूधकोशी नदी आसपासमा जोखिम बढेको भन्दै उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।
त्यहाँस्थित पालिकाहरुले पनि सूचना जारी गर्दै नदी किनारका वस्ती जोखिममा रहेको भन्दै उच्च सतर्कता अपनाउन आग्रह गरेका छन् । घटनास्थलमा नेपाली सेनासहितको टोली पुगिसकेको छ भने जोखिम क्षेत्रका सर्वसाधारणलाई सुरक्षित स्थानमा सार्ने काम भइरहेको उनले बताइन् । आज दिउँसो २ बजे बाढी आएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘मध्यपहाडी लोकमार्गको अवधारणा बसाइसराइ न्यूनीकरण गर्न अघि बढाइएको हो’
-
गोर्खा कपको तयारी अन्तिम चरणमा, अनुमानित खर्च ९० हजार पाउण्ड
-
रोमानियाको चुनावमा ईयू समर्थक उम्मेदवार विजयी
-
बागमती प्रदेशसभा बैठक आज बस्दै, संसद् चल्न नदिने रणनीतिमा प्रतिपक्षी दल
-
कोशीमा बेरुजु रकम घटे पनि प्रतिशतका आधारमा छैन सन्तोष गर्ने ठाउँ
-
राजनीतिक नेतृत्वले नै बेरुजु घटाउन पहल गर्नुपर्छ : महानिर्देशक थापा