प्राकृतिक विपत्ति
हिमताल फुटेर तीन घर बगायो, ५ वटा घरमा क्षति (अपडेट)
शुक्रबार, ३२ साउन २०८१, १६ : ०३

विराटनगर । सोलुखुम्बु जिल्लाको खुम्बु पासाङल्हामु गाउँपालिका ५ मा पर्ने खुम्बु थामे क्षेत्रमा हिमताल फुटेर आएको लेदोसहितको बाढीले तीन घर बगाएको छ । यस्तै ५ वटा घर र एउटा होस्टल जोखिममा परेको सोलुखुम्बु प्रहरी प्रमुख डीएसपी द्वारिकाप्रसाद घिमिरेले जानकारी दिए ।
घटनास्थलमा नेपाली सेनासहितको टोली पुगिसकेको उनले जानकारी दिए । ‘तीन घर बगाएको, ५ वटा घर र एउटा होस्टल जोखिममा परेको विवरण आएको छ । मानवीय क्षतिको विवरण छैन । नेपाली सेनाद्वारा उद्धारको कार्य भइरहेको छ,’ उनले भने । नेपाली सेनाका अनुसार ६ जनाको उद्धार गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘हिमालयन चितुवा’ लाई ‘के वन क्रस १७५’को उपाधि
-
एउटा तस्बिरले कति फरक पार्न सक्छ र...
-
‘मध्यपहाडी लोकमार्गको अवधारणा बसाइसराइ न्यूनीकरण गर्न अघि बढाइएको हो’
-
गोर्खा कपको तयारी अन्तिम चरणमा, अनुमानित खर्च ९० हजार पाउण्ड
-
रोमानियाको चुनावमा ईयू समर्थक उम्मेदवार विजयी
-
बागमती प्रदेशसभा बैठक आज बस्दै, संसद् चल्न नदिने रणनीतिमा प्रतिपक्षी दल