चन्द्रागिरिमा घरको छतबाट खसेर कामदारको मृत्यु
शुक्रबार, ३२ साउन २०८१, १९ : १७

काठमाडौँ । निर्माणाधीन घरको छतबाट खसेर काठमाडौँको चन्द्रागिरिमा एक जना कामदारको मृत्यु भएको छ ।
चन्द्रागिरि नगरपालिका–१५ स्थित निर्माणाधीन घरको रङ लगाउने क्रममा अचानक खसेर एक जनाको मृत्यु भएको हो ।
चन्द्रागिरि– १५ का धर्म दत्तको निर्माणाधीन घरमा रङ लगाउने क्रममा दोस्रो तलाको छतबाट खसेर नुवाकोट पञ्चकन्या गाउँपालिका–१ घर भई काठमाडौँ जरङ्खु डेरा गरी बस्ने ४१ वर्षीय अर्ण बहादुर थापा मगर घाइते भएका थिए ।
छतबाट खस्न साथ तत्कालै उपचारका लागि कंलकीस्थित सहिद अस्पतालमा पुर्याउनासाथ चिकित्सकले मृत घोषणा गरेका थिए ।
मृतक थापा मगरको शव पोष्टमाटमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्ज पठाइएको प्रहरीले जनाएको छ ।
घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।