चन्द्रागिरिमा घरको छतबाट खसेर कामदारको मृत्यु
शुक्रबार, ३२ साउन २०८१, १९ : १७
काठमाडौँ । निर्माणाधीन घरको छतबाट खसेर काठमाडौँको चन्द्रागिरिमा एक जना कामदारको मृत्यु भएको छ ।
चन्द्रागिरि नगरपालिका–१५ स्थित निर्माणाधीन घरको रङ लगाउने क्रममा अचानक खसेर एक जनाको मृत्यु भएको हो ।
चन्द्रागिरि– १५ का धर्म दत्तको निर्माणाधीन घरमा रङ लगाउने क्रममा दोस्रो तलाको छतबाट खसेर नुवाकोट पञ्चकन्या गाउँपालिका–१ घर भई काठमाडौँ जरङ्खु डेरा गरी बस्ने ४१ वर्षीय अर्ण बहादुर थापा मगर घाइते भएका थिए ।
छतबाट खस्न साथ तत्कालै उपचारका लागि कंलकीस्थित सहिद अस्पतालमा पुर्याउनासाथ चिकित्सकले मृत घोषणा गरेका थिए ।
मृतक थापा मगरको शव पोष्टमाटमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्ज पठाइएको प्रहरीले जनाएको छ ।
घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केपी ओलीलाई आफ्नोभन्दा बढी कांग्रेसको चिन्ता !
-
अभिनेत्री दीपाश्री निरौला डिस्चार्ज
-
प्रधान न्यायाधीश शर्मा भारत प्रस्थान
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण