टुसाल विद्यालयस्तरीय पौडी प्रतियोगिता भदौ ७ देखि
काठमाडौँ । तेस्रो संस्करणको टुसाल विद्यालयस्तरीय पौडी प्रतियोगिताको आयोजना आगामी भदौमा हुने भएको छ । टुसाल मल्टिभेन्यु प्रालिद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा आगामी भदौ ७ गतेदेखि सुरु हुने जानकारी दिइयो । उक्त प्रतियोगिता तार्केश्वर–८ स्थित टुसाल मल्टिभेन्युको स्विमिङ पुलमा हुने मल्टिभेन्युका महाप्रबन्धक प्रवीनमान सिंह बस्नेतले बताए ।
प्रतियोगिता २५ मिटरको फ्री स्टाइल विधामा प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा जुनियर ब्वाइज, जुनियर गर्ल्स र सिनियर ब्वाइज र सिनियर गल्र्स गरी चारवटा विधामा प्रतिस्पर्धा गराइनेछ ।
विजयी खेलाडीलाई ट्रफी, मेडल तथा अन्य पुरस्कारहरुले सम्मान गरिने छ । प्रतियोगितामा झण्डै एक सय खेलाडीको सहभागिता रहने आयोजकले अपेक्षा राखेको छ । हालसम २० वटा विद्यालयले सहभागिताका लागि नाम दर्ता गरिसकेको र यसपटक सरकारी विद्यालयका विद्यार्थीले निःशुल्क सहभागिता गर्ने बताइएको छ ।
प्रतियोगिताको प्राविधिक र निर्णायकको जिम्मेवारी विष्णु खड्कालगायत ११ जनाको टोलीले जिम्मा लिनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
-
तीन जिल्लामा आगलागी, सात लाख ४० हजार बराबरको क्षति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण