म्युजिक भिडियो कभर गर्नेलाई दुई लाख पुरस्कार
काठमाडौं – म्युजिक भिडियो निर्माणमा कला र प्रतिभा देखाउन सके दुई लाख रुपैयाँ जित्ने अवसर एमएमएस इन्टरटेनमेन्टले प्रदान गर्ने भएको छ ।
मोडल तथा गायिका सम्झना राईको आवाजमा रहेको ‘मायामा जाल भो, हाम्लाई के बाल भो’ बोलको गीतको कभर भिडियो बनाउनुपर्ने गीतकार तथा मोडल एमएमएसका निर्देशक दर्पन राईले जानकारी दिए ।

म्युजिक भिडियो कम्पिटिशनमा सहभागी हुन चाहने प्रतिभाले बैशाख १५ देखि असार १४ सम्ममा आफ्नो कभर भिडियो ईमेल [email protected], [email protected] मा पठाइसक्नुपर्नेछ । असार १५ मा सहभागीमध्येबाट ‘उत्कृष्ट भिडियो’को नतिजा सार्वजनिक हुनेछ ।
उक्त प्रतिस्पर्धाका लागि लागि आयोजकले केही सर्तहरु राखेको छ । भिडियो बनाउने निर्देशक, निर्माण कम्पनी नयाँ हुनुपर्नेछ भने कलाकार पनि नयाँ अनुहारको हुनुपर्ने राईको भनाई छ ।
उत्कृष्ट भिडियोका लागि निर्देशन कला, निर्माणस्तर, भिडियो कन्सेप्ट र कलाकारको अभिनयलाई आधार मानिने जनाइएको छ ।
प्रतिस्पर्धा संसारभरका प्रतिभाका लागि खुला छ । साथै, यसरी प्रतिस्पर्धाका लागि निर्माण गरिएको भिडियोलाई एमएमएसको यु–ट्युब च्यानलमा अपलोड गरिएकालाई मात्र मान्यता दिइनेछ भने यु–ट्युबको भ्यूअर्सको २५ प्रतिशत अंक दिइने एमएमएसले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सानदार लयसहित मैदान उत्रिँदै केन, गोल्डेन बुटमाथि नजर
-
सेनिटरी प्याडमाथिको कर हटाउँदै पाकिस्तान
-
रोजगार ऐनमा टेकेर वैदेशिक रोजगारीलाई मर्यादित बनाउन सक्ने अवस्था छैन : श्रममन्त्री यादव
-
राष्ट्रिय मानव अधिकार आयोगमाथि बढ्दो अविश्वास
-
कर्णाली प्रदेशमा आगामी आवमा १२२ पुल निर्माण हुने
-
जसलाई उमेरले छेक्दैन, जादु अझै छ बाँकी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण