प्रिमियर लिगमा युनाटेडको विजयी सुरुवात
शनिबार, ०१ भदौ २०८१, ०८ : १५
ओल्ड ट्राफोर्ड । म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगको नयाँ सिजनमा विजयी सुरुवात गरेको छ । शुक्रबार राति भएको खेलमा युनाइटेले फुलहममाथि १–० को संघर्षपूर्ण जित हासिल गरेको हो ।
खेलमा नयाँ खेलाडी योसुवा जिर्क्जी नायक बने । अलेहान्द्रो ग्रानाचोको पासमा ८७ औँ मिनेटमा उनले गरेको गोल खेलमा निर्णायक बन्यो । उनी यो सिजन ३.६ करोड पाउन्डमा बोलोग्नाबाट युनाइटेडमा अनुबन्ध भएका हुन् ।
यसअघि फुलहमका गोलकिपर बनार्ड लेनोले युनाइटेडका तीनवटा प्रयास विफल बनाएका थिए । दुईवटा प्रहार कप्तान ब्रुनो फर्नान्डेजले गरेका थिए भने मेसन माउन्ट पनि गोल गर्नबाट चुकेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विदेशी बिरामी मार्फत् एक अर्ब ५० करोडभन्दा बढी विदेशी मुद्रा भित्र्याउँदै नेपाल नेत्रज्योति सङ्घ
-
लालबकैया बाँधको उच्चस्तरीय अनुगमन, बाढी जोखिम न्यूनीकरणमा सतर्कता अपनाइने
-
बीपी स्मृति दिवसमा कांग्रेसले आयोजना गर्ने ‘ग्रिन रन’ मा सहभागी हुन सभापति थापाको आह्वान
-
बाढीले क्षतिग्रस्त विद्युतीय गाडी टिमुरे भन्सारमै बेवारिसे (तस्बिरहरू)
-
काठमाडौँको बौद्धमा युवतीले गरिन् आत्मदाह प्रयास
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण