रक्सी बहिष्कार गरौँ
मान्छेलाई यतिसम्म मूर्ख बनाइन्छ
ऊ मक्ख परेर ठान्दछ कि
उसले रक्सी खाइरहेछ
तर बिचरा त्यो अज्ञानलाई के थाहा
रक्सीले नै उसलाई खाइरहेछ
कलेजो उसको डढाइरहेछ
दीर्घायु अब अल्पायु भइरहेछ
नेताले पिएपछि
नेताको मति बिग्रिन्छ
अनि उसले कसरी देशको लागि
चिन्तन गर्छ?
अनि कसरी जनताको लागि
असल कार्य गर्न सक्छ?
जनताले पिएपछि
जनताको श्रीसम्पत्ति
उसको स्वास्थ्य
उसको घर परिवार
सबै सबै स्वाहा हुन्छ
अनि कसरी समाजको
उत्थान हुन्छ?
घर, गाउँ, देशमा
कसरी सुख हुन्छ?
रक्सी हातमा लिएर
बोतल समाएर
सामाजिक सञ्जालमा
समाज बिगार्नेहरूलाई
के थाहा कि
संसारको सज्जनहरूको अगि
ऊनीहरूले आफ्नो इज्जत गुमाइरहेको
दुनियाँको नजरबाट उनीहरू
तल तल झरिरहेको
स्वास्थ्यको लागि हानिकारक छ
भन्दा भन्दै
किन यसको उत्पादन भइरहेछ?
यो खराब हो भन्ने जान्दाजान्दै
किन बजारमा बिक्री भइरहेछ?
आन्द्रा जलाउँछ भन्ने थाहा हुँदाहुँदै
किन पिएर
मानिस बिरामी परिरहेछ?
रक्सी यस्तो विष रहेछ
जसले
मानिसको मति बिग्रिरहेछ
मानिस
झगडा रिस गरिरहेछ
मानिसको दिमाग खल्बलाइरहेछ
मानिस
मातेर गर्नु नगर्नु गरिरहेछ
तसर्थ
रक्सी बहिष्कार गरौँ
स्वस्थ सुखी र खुसी भएर बाचौँ
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक वर्षमा नेपालको कुल वैदेशिक व्यापार २४ खर्ब नाघ्यो
-
सत्ताका लागि बीपीको मेलमिलाप नीति मिचियो, अब गाली होइन विवेकको राजनीति गरौँ : भीष्मराज आङ्देम्बे
-
सर्वोच्चको परमादेशः काठमाडौँको फोहोर व्यवस्थापनमा गर्न मुख्यसचिवको नेतृत्वमा समिति गठन गर्नू
-
नेप्सेमा १४.१७ अंकको वृद्धि, ४ अर्ब ६९ करोडको कारोबार
-
रिहापछि पहिलोपटक सार्वजनिक कार्यक्रममा देखिए विष्णु पौडेल
-
धनगढीबाट डा. गोविन्द केसीले थाले अनसन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण