थाइल्यान्डको प्रधानमन्त्री बनेपछि सिनावात्राले भनिन्, ‘जनताको लागि लगनशील प्रयास जारी राख्छु’
बैंकक । थाइल्यान्डको फेउ थाई नेतृत्वको गठबन्धनले समर्थन गरेको उम्मेदवार प्यातोङटार्न सिनावात्रा संसदीय मतदानमा साधारण बहुमत हासिल गरेर देशको नयाँ प्रधानमन्त्रीका रूपमा निर्वाचित भएकी छन् । संसदीय मतदानमा नयाँ प्रधानमन्त्री हुनका लागि मनोनयन प्रस्तुत गर्ने सिनावात्रा एकमात्र उम्मेदवार थिइन् ।
यस हप्ताको सुरुमा तत्कालीन प्रधानमन्त्री श्रेथा थाभिसिनलाई नैतिकता उल्लङ्घनको मुद्दामा अदालतले बर्खास्त गरेको थियो । करिब दुई घण्टासम्म चलेको रोल कल भोटपछि राष्ट्रिय सभाका अध्यक्ष वान मुहम्मद नूर माथाले सिनावात्राले वर्तमान ४९३ विधायकमध्ये ३१९ मत प्राप्त गरेको घोषणा गरे । यो अनुमोदनका लागि आवश्यक साधारण बहुमतभन्दा बढी हो ।
३७ वर्षीया सिनावात्रा पार्टीका नेता तथा पूर्वप्रधानमन्त्री थाक्सिन सिनावात्राकी कान्छी छोरी हुन् । थाई राजा महा वजिरालोङकोर्नले दोस्रो महिला प्रधानमन्त्री र दक्षिणपूर्वी एसियाली देशमा सबैभन्दा कनिष्ठ प्रधानमन्त्री बन्न औपचारिक नियुक्तिको पर्खाइमा छिन् ।
आफ्नो भोट पछिको पहिलो भाषणमा उनले आफ्नो पूर्ववर्ती श्रेथालाई प्रधानमन्त्रीको रूपमा आफ्नो लगभग एक वर्षको कार्यकालमा समर्पणको लागि कृतज्ञता व्यक्त गरिन् । उनले जनताको लागि लगनशील प्रयास जारी राख्ने प्रतिबद्धतासमेत जनाइन् । भविष्यमा आफूले गर्ने सबै कार्य पारदर्शी हुने उनले बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘डा. केसीसँग छु’ भन्ने शिक्षामन्त्रीकै कार्यशैलीविरूद्ध गाेविन्द केसीकाे २४औँ सत्याग्रह
-
सूर्यवंशीको कीर्तिमानी अर्धशतक, टी-२० मा भारतको हारको शृङ्खला अन्त्य
-
निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्छाैँ : शिक्षामन्त्री
-
बीमा सम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण