बडिमालिका मेला भर्न गएकी खड्काको उद्वार
शनिबार, ०१ भदौ २०८१, २२ : ५४
बाजुरा । सुदूरपश्चिम प्रदेशको मुख्य धार्मिक तथा पर्यटकीय क्षेत्र बडिमालिकामा मेला भर्न गएका एकजनाको उद्धार गरिएको छ । अक्सिजनको कमीले बिरामी परेका अछामको चौरपाटी गाउँपालिका–५ लुङग्राकी अन्दाजी ६३ वर्षीया पवना खड्काको हेलिकप्टरमार्फत उद्धार गरिएको हो ।
आइतबार बडिमालिकामा लाग्ने मेला भर्नका लागि जाँदै गरेकी खड्कालाई लेक लागेर अक्सिजनको कमी भएर बिरामी परेपछि आज दिउँसो नेपाली सेनाको हेलिकप्टरमार्फत थप उपचारका लागि सुर्खेत पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । खड्का बडिमालिका जाने क्रममा त्रिवेणी पाटनमा शुक्रबार राति नै बिरामी भएकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकाले रच्यो ९६ वर्ष पुरानो इतिहास, अस्ट्रेलियालाई हराउँदै नकआउट चरणमा
-
डोटीमा सशस्त्र प्रहरीको विपद् व्यवस्थापन बेस स्थापना
-
पोखराको लेकसाइडमा खानेपानी समस्या
-
जारी विश्वकपमा आत्मघाती गोलको सङ्ख्या ७ पुग्यो
-
पहिलो हाफमा अमेरिकाको दबदबा, अस्ट्रेलियाविरुद्ध २–० को अग्रता
-
हेटौँडाका उद्योगबाट चार करोड बक्यौता सङ्कलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण