बैंकहरुले लगानी गर्न सकेनन्, राष्ट्र बैंकले आजै एक खर्ब तरलता उठाउँदै

काठमाडौँ । बैंक तथा वित्त कम्पनीले कर्जा लगानी गर्न नसकेपछि सस्तो ब्याजमा नै सङ्कलित रकम राष्ट्र बैंकलाई बुझाउनुपरेको छ । नेपाल राष्ट्र बैंकले आइतबार निक्षेप सङ्कलन उपकरणमार्फत एक खर्ब रुपैयाँ तरलता प्रशोचन गर्दैछ ।
यो एकैपटक प्रशोचन गर्न लागिएको ठुलो रकम हो । गत हप्ता मात्र राष्ट्र बैंकले दुई पटक गरी ८० अर्ब रुपैयाँ तरलता प्रशोचन गरेको थियो ।
राष्ट्र बैंककाअनुसार साउन २९ गतेसम्मको रिपोर्टअनुसार बैंक तथा वित्तीय संस्थाहरूले ६४ खर्ब १९ अर्ब रुपैयाँ निक्षेप सङ्कलन गरेका छन् । तर यता सोही अवधिमा ५१ खर्ब ६२ अर्ब रुपैयाँ हाराहारी मात्र कर्जा लगानी गरेका बैंकहरूसँग ७ खर्ब माथि लगानी योग्य तरलता रहेको बुझिएको छ ।
मौद्रिक नीतिको व्यवस्था अनुसार बैंक तथा वित्तीय संस्थाहरूले निक्षेप को ९० प्रतिशतसम्म कर्जा लगानी गर्न पाउँछन् । ९० प्रतिशत कर्जा/निक्षेप अनुपात (सीडी रेसियो) तोकिएकोमा समीक्षा अवधिसम्म बैंकहरुले जम्मा ७८.९८ प्रतिशत मात्र कायम गरेका छन् ।
अन्तर बैंक ब्याजदर ३ प्रतिशत रहेकोमा एक वर्ष अवधिको ट्रेजरीको ब्याजदर समेत ३ प्रतिशत हाराहारीमा झरिसकेको छ । यसले पनि बैंकको ब्याजदर सस्तो छ । तर पनि लगानी गर्न नसक्दा बैंकहरुले सस्तोमा रिभर्स रिपोमा राष्ट्र बैंकलाई तरलता दिन बाध्य छन् ।
बजारमा तरलता अभाव हुँदा राष्ट्र बैंकले रिपोमार्फत तरलता प्रवाह गर्ने गर्छ भने अधिक तरलता हुँदा रिभर्सरिपो मार्फत प्रशोचन गर्ने गर्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पर्वतमा युवा सङ्घका नेता कार्यकर्ताबिच झडप
-
वडाध्यक्षले कर्मचारी कुटेपछि पोखराका कर्मचारीको पेन डाउन
-
मुम्बईका कप्तान हार्दिक पाण्ड्या र गुजरातका प्रशिक्षक आशिष नेहरालाई जरिवाना
-
मिडियाले तल्लो स्तरको भाषा प्रयोग गर्नु हुँदैन : प्रधानमन्त्री
-
गभर्नर नियुक्तिको विषय संसद्मा प्रवेश
-
प्रदीप नेपालको ‘आत्मस्वीकृति’ : मलामी बोलाउने र खुवाउने काम नगरियोस् !