बैंकहरुले लगानी गर्न सकेनन्, राष्ट्र बैंकले आजै एक खर्ब तरलता उठाउँदै
काठमाडौँ । बैंक तथा वित्त कम्पनीले कर्जा लगानी गर्न नसकेपछि सस्तो ब्याजमा नै सङ्कलित रकम राष्ट्र बैंकलाई बुझाउनुपरेको छ । नेपाल राष्ट्र बैंकले आइतबार निक्षेप सङ्कलन उपकरणमार्फत एक खर्ब रुपैयाँ तरलता प्रशोचन गर्दैछ ।
यो एकैपटक प्रशोचन गर्न लागिएको ठुलो रकम हो । गत हप्ता मात्र राष्ट्र बैंकले दुई पटक गरी ८० अर्ब रुपैयाँ तरलता प्रशोचन गरेको थियो ।
राष्ट्र बैंककाअनुसार साउन २९ गतेसम्मको रिपोर्टअनुसार बैंक तथा वित्तीय संस्थाहरूले ६४ खर्ब १९ अर्ब रुपैयाँ निक्षेप सङ्कलन गरेका छन् । तर यता सोही अवधिमा ५१ खर्ब ६२ अर्ब रुपैयाँ हाराहारी मात्र कर्जा लगानी गरेका बैंकहरूसँग ७ खर्ब माथि लगानी योग्य तरलता रहेको बुझिएको छ ।
मौद्रिक नीतिको व्यवस्था अनुसार बैंक तथा वित्तीय संस्थाहरूले निक्षेप को ९० प्रतिशतसम्म कर्जा लगानी गर्न पाउँछन् । ९० प्रतिशत कर्जा/निक्षेप अनुपात (सीडी रेसियो) तोकिएकोमा समीक्षा अवधिसम्म बैंकहरुले जम्मा ७८.९८ प्रतिशत मात्र कायम गरेका छन् ।
अन्तर बैंक ब्याजदर ३ प्रतिशत रहेकोमा एक वर्ष अवधिको ट्रेजरीको ब्याजदर समेत ३ प्रतिशत हाराहारीमा झरिसकेको छ । यसले पनि बैंकको ब्याजदर सस्तो छ । तर पनि लगानी गर्न नसक्दा बैंकहरुले सस्तोमा रिभर्स रिपोमा राष्ट्र बैंकलाई तरलता दिन बाध्य छन् ।
बजारमा तरलता अभाव हुँदा राष्ट्र बैंकले रिपोमार्फत तरलता प्रवाह गर्ने गर्छ भने अधिक तरलता हुँदा रिभर्सरिपो मार्फत प्रशोचन गर्ने गर्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
-
स्पेन र फ्रान्समा भीषण डढेलो: ६५ हजारभन्दा बढी मानिस विस्थापित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण