आईपीएल क्लबहरू इङ्ल्यान्डको ‘दी हन्ड्रेड’ मा लगानी गर्ने तयारीमा
काठमाडौँ । इङ्ल्यान्ड तथा वेल्स क्रिकेट बोर्डले फ्रेन्चाइज क्रिकेट प्रतियोगिता ‘दी हन्ड्रेड’ आयोजना गर्दै आएको छ । ‘दी हन्ड्रेड’ प्रतियोगितामा विश्वका चर्चित क्रिकेटरहरूको जमघट हुने गरेको छ ।
जारी सिजनको ‘दी हन्ड्रेड’ प्रतियोगिताको फाइनल खेल आइतबार खेलिँदै छ । ‘दी हन्ड्रेड’ को फाइनलअघि इन्डियन प्रिमियर लिग (आईपीएल)सँग जोडिएको एक समाचार बाहिरिएको छ ।
समाचारमा जनाइए अनुसार, इङ्ल्यान्ड तथा वेल्स क्रिकेट बोर्डले ‘दी हन्ड्रेड’ प्रतियोगिताको केही सेयर आईपीएल क्लबहरुलाई बिक्री गर्ने तयारी गरिरहेको छ ।
भारतीय उद्योगपतिलाई इङ्ल्यान्डको क्रिकेटसँग जोड्ने उद्देश्यले यस्तो नीति लिइएको बताइएको छ । आईपीएल क्लबहरुले पनि ‘दी हन्ड्रेड’ को केही सेयर खरिद गर्ने इच्छा ब्यक्त गरेका छन् ।
आईपीएल क्लबहरुले सेयर खरिद गरेपछि ‘दी हन्ड्रेड’ लिगमा आबद्ध क्लबहरुको नाम पनि परिवर्तन हुने बताइएको छ । त्यसपछि ‘दी हन्ड्रेड’ लिगमा आबद्ध क्लबहरुको नाम पनि आईपीएल क्लबहरुकै नामबाट राखिने विषयमा छलफल भइरहेको बताइएको छ ।
यदि मुम्बई इन्डियन्सले ‘दी हन्ड्रेड’ मा आबद्ध कुनै क्लबको सेयर खरिद गरेमा उक्त क्लबको नाम आफ्नो तरिकाले राख्ने अधिकार मुम्बई इन्डियन्सलाई प्रदान गरिने सम्भावना छ ।
इङ्ल्यान्ड तथा वेल्स क्रिकेट बोर्डको आगामी बोर्ड बैठकमा यस विषयमा छलफल हुने बताइएको छ । हाल ‘दी हन्ड्रेड’ प्रतियोगितामा आठवटा टोली सहभागी छन् । इङ्ल्यान्ड क्रिकेट बोर्ड ‘दी हन्ड्रेड’ मा टोलीको संख्या बढाउने पक्षमा देखिएको छ ।
आईपीएल क्लब मुम्बई इन्डियन्सको नामबाट हाल विश्वमा चारवटा क्लब छन् । भारतका अतिरिक्त एमआई न्यु योर्क, एमआई इमिरेट्स र एमआई केपटाउन रहेका छन् । मुम्बई इन्डियन्स अब ‘दी हन्ड्रेड’ प्रतियोगितामा पनि लगानी गर्ने धुनमा देखिएको छ । यदि मुम्बई इन्डियन्सले ‘दी हन्ड्रेड’ मा लगानी गरेमा त्यो क्लबको नाम एमआई लन्डन राखिने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एकै दिन भक्तपुरबाट ४० टन ताइचिन चिउरा बिक्री
-
लुम्बो हिमशिखरको पहिचान
-
पाल्पामा गोरुले खेतबारी जोत्ने प्रचलन हराउँदै
-
जर्मनी भर्सेस पाराग्वे: २०१४ पछि पहिलो पटक नकआउट चरणमा जर्मनी
-
मार्टिनेली नायक बन्दा ब्राजिलको रोमाञ्चक पुनरागमन, जापान विश्वकपबाट बाहिरियो
-
देशभर ६२.६८ प्रतिशत क्षेत्रमा मात्र सिँचाइ सुविधा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण