जसपा नेपाल केन्द्रीय समिति गठनप्रति आपत्ति जनाउँदै सप्तरीका नेताले बुझाए ज्ञापनपत्र
काठमाडौँ । जनता समाजवादी पार्टी नेपालको केन्द्रीय समिति गठनप्रति असन्तुष्टि जनाउँदै सप्तरीका नेताहरूले पार्टी अध्यक्ष उपेन्द्र यादवसमक्ष ज्ञापनपत्र बुझाएका छन् । सप्तरी क्षेत्र नम्बर १ का २३ जना नेताले केन्द्रीय समितिको गठनप्रति ध्यानाकर्षण गराउँदै ज्ञापनपत्र बुझाएका हुन् ।
उनीहरुले विधानमा भएको समानुपातिक व्यवस्था र कार्यसम्पादन मूल्याङ्कनमा भएको निर्णयले आफूहरूमाथि अन्याय गरेको बताएका छन् । पार्टीमा लामो योगदान दिएका नेताहरू केन्द्रीय समितिमा पर्न नसकेको उल्लेख गर्दै योगदान र योग्य उम्मेदवारहरू महाधिवेशनको चुनावी प्रतिस्पर्धामा रहे पनि पार्टीको निर्देशन बमोजिम उम्मेदवारी फिर्ता लिएको तर पछि केन्द्रीय समिति सदस्य मनोनयन हुँदा त्यसमा यो क्षेत्रका कोही नआउनु दुःखद पक्ष रहेको उल्लेख गरेका छन् ।
ज्ञापनपत्रमा भनिएको छ, ‘विगतका २ वटा निर्वाचनमा गठबन्धन हुँदा वा नहुँदा पनि यस पालिका र क्षेत्रका नेता, कार्यकर्ताको अथक प्रयासबाट सफलता प्राप्त भएको कुरा जगजाहेर नै छ । पार्टीबाट निर्वाचित प्रतिनिधिसभा सदस्यले पार्टी परित्याग गरेको भएता पनि यस पालिकाबाट एक जनाले पनि उनलाई साथ दिएका छैनन् ।’
मोतिलाल चौधरी थारु क्लस्टर र राजकुमार यादवले खुल्ला केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता गराएका थिए । आफूभन्दा कनिस्टको नाम केन्द्रीय सदस्यमा परेको भन्दै उनीहरुले गुनासो गरेका छन् ।



खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण