एनएमबी लघुवित्तले संस्थापक सेयर स्वामित्व १० प्रतिशतले घटाउने
आइतबार, ०२ भदौ २०८१, १२ : २२
काठमाडौँ । एनएमबी लघुवित्त वित्तीय संस्थाले संस्थापक सेयर स्वामित्व १० प्रतिशतले घटाउने भएको छ । कम्पनीले हाल कायम ७० प्रतिशत संस्थापक स्वामत्विबाट ६० प्रतिशतमा झार्ने र सर्वसाधारण समूहतर्फको सेयर स्वामित्व ३० प्रतिशतबाट ४० प्रतिशतमा बढाउने भएको हो ।
उक्त प्रस्ताव नियामक नेपाल राष्ट्र बैंक, नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेञ्ज र सिडिएस एण्ड क्लियरिङ लिमिटेडलाई कम्पनीले जानकारी दिएको छ । सेयर घटबढ गराउनेसम्बन्धी प्रस्तावमा निर्णय हुँदा कम्पनीको ११ औं वार्षिक साधारणसभाले पास गरिसकेको छ ।
सेयर घटाउने बढाउने सम्बन्धमा आवश्यक प्रक्रिया जारी रहेको जनाएको कम्पनीले प्रक्रिया पुरा गरेपश्चात मात्र स्वामित्व परिवर्तन हुने समेत जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
-
स्पेन र फ्रान्समा भीषण डढेलो: ६५ हजारभन्दा बढी मानिस विस्थापित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण