परराष्ट्रमन्त्री राणाले नेपाल–भारतबिचको समस्या पहिचान गरी समाधान गर्नुपर्छ : पूर्वराजदूत उपाध्याय
काठमाडौँ । भारतका लागि पूर्वनेपाली राजदूत दीपकुमार उपाध्यायले परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले नेपाल–भारतबिचको समस्या पहिचान गरेर उठाउनुपर्नेमा जोड दिएका छन् ।
समस्या पहिचान भयो भने धेरै कुरा आफै समाधान हुने उनले बताए । आजदेखि परराष्ट्रमन्त्री राणा भारत भ्रमणमा छिन् । सोही भ्रमणका बारेमा न्युज एजेन्सी नेपालसँग कुराकानीमा उनले नेपाल–भारतबिचको समस्या समाधान गर्न राणालाई अवसर रहेको बताए ।
एउटा अर्को प्रसंगमा उनले नेपालबाट भारत भ्रमणमा गएका मन्त्री वा सचिवलाई त्यो भन्दा माथिल्लो तहका व्यक्ति भेट्न निकै सकस हुने भएपनि नेपालमा विदेश सचिव आएर एकैदिनमा सबैलाई भेटेको टिप्पणी गरे ।
‘आउनेले सबैलाई भेट्न चाहन्छ नै । तर नेपालको तर्फबाट पनि त्यसमा सचेत हुनुपर्ने हो नि’, उनले भने, ‘कसलाई भेट दिने, कसलाई नदिने सोच्नु पर्छ ।’
केही दिन पहिले भारतका विदेश सचिव विक्रम मिस्री नेपाल भ्रमणमा आएर राष्ट्रपतिदेखि लिएर प्रधानमन्त्री, उपप्रधानमन्त्री, मन्त्री, पार्टीका शीर्ष नेताहरु सबैलाई भेटेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण