खेलाडी दबाबमा पर्दा फराकिलो जित सम्भव भएन : उर्जन श्रेष्ठ
काठमाडौँ । नेपाली यु–२० टोलीका प्रशिक्षक उर्जन श्रेष्ठले श्रीलंकाविरुद्ध धेरै अवसर सिर्जना गरे पनि दबाबमा परेर गोल गर्न नसक्दा फराकिलो जितबाट वञ्चित भएको बताएका छन् ।
सातदोबाटोमा समूह ‘ए’ को खेलमा श्रीलंकासँग १–० को साँघुरो जितपछि उनले यो प्रतिक्रिया दिएका हुन् । उनले आफ्ना खेलाडीले बक्समा धेरै अवसरहरू पनि सिर्जना गरे पनि दबाबमा परेर गोल गर्न असफल भएको उल्लेख गरे । सहज अवसरमा पनि आफ्ना स्ट्राइकर गोल गर्न असफल हुँदा फराकिलो जितबाट वञ्चित भएको उनको भनाइ छ । यद्यपि, उनले आफ्ना खेलाडीले धेरै मेहनत गरेको पनि उल्लेख गरे ।
उनले योजना र रणनीतिअनुरूप खेलाडीले प्रदर्शन गर्दा जित सम्भव भएको बताए । प्रशिक्षक श्रेष्ठले सुरुमै अग्रता लिएको भए खेलको नतिजा अर्कै हुनसक्ने आँकलन गरे । उनले टिमअनुसार खेलेको पनि उल्लेख गरे । अब आफूले अबको दुई दिनभित्र स्कोरिङमा काम गर्ने योजना उनले सुनाए ।
पराजित टोली श्रीलंकाका प्रशिक्षक देवासगयमले आफ्ना खेलाडीमा अनुभवको कमी देखिएको प्रतिक्रिया दिए । उनले आफ्ना खेलाडीले धेरै राम्रो खेले पनि उनीहरूमा अनुभवको कमी देखिएको बताए । अन्तिम समयमा धेरै खेल स्थान परिवर्तन भइरहँदा पनि आफूहरूका लागि कठिन भएको उनको आरोप छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ब्ल्याकस्टोन, केकेआर र ब्रुकफिल्डसँग कुवेतको १६ अर्ब डलरको पाइपलाइनको सम्झौता
-
कर्णालीमा नयाँ मुख्यमन्त्री नियुक्तिका लागि प्रक्रिया अघि बढ्यो, प्रदेश प्रमुखद्वारा आह्वान
-
सांसद पौडेलमाथि मसी प्रहारपछि गगन थापा : ‘असहमतिको उत्तर हिंसा होइन, लोकतान्त्रिक संवाद हो’
-
१० बजे १० समाचार : एमाले र नेकपाबिच ३ बुँदे सहमति, कर्णालीका मुख्यमन्त्रीले दिए राजीनामा
-
प्रश्नपत्र लिक भएपछि त्रिविमा हलचल : साइबर ब्युरोलाई पत्राचार, आइतबार बैठक आह्वान
-
विद्यार्थी कुटपिट गरी घाइते बनाएको आरोपमा शिक्षक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण