अध्यावधिक विवरण पेस गर्न काठमाडौँ महानगरपालिकाभित्र सञ्चालित सहकारी संस्थालाई उर्दी
काठमाडौँ । काठमाडौँ महानगरपालिकाभित्र सञ्चालित सहकारी संस्थाले आर्थिक वर्ष सम्पन्न भएको तीन महिनाभित्र महानगरपालिकामा अद्यावधिक विवरण पेस गर्नुपर्ने भएको छ। त्यसका लागि महानगरपालिकाले आइतबार सबै सहकारीलाई पत्राचार गर्दै तोकिए बमोजिम अध्यावधिक विवरण पेस गर्न निर्देशन दिइएको छ ।
महानगरपालिकाको सहकारी विभाग प्रमुख धुव्रकुमार काफ्लेका अनुसार महानगरपालिकाभित्रका सहकारीले कारोबारको चौमासिक र वार्षिक प्रतिवेदन तथा लेखा परीक्षण प्रतिवेदन, वार्षिक कार्यकम नीति तथा योजना, खुद बचत सम्बन्धि नीति तथा योजना, सञ्चालकको नाम तथा बाँकी कार्यावधिको सूची, साधारण सभाको बैठक सम्बन्धि जानकारी, सेयर सदस्य संख्या र सेयर पुँजी जस्ता विवरण पेस गर्नुपर्नेछ ।
यस्तै कुल बचत तथा कर्जाको विवरण, सञ्चालक वा सदस्यले लिएको ऋण तिर्न बाँकी रहेको रकम र बचत फिर्ता माग गर्ने बचतकर्ताहरुको विवरण पनि पेस गर्नुपर्नेछ ।
काठमाडौं महानगरपालिका सहकारी ऐन, २०७४ को दफा (५२) मा तोकिएको विवरण आर्थिक वर्ष समाप्त भएको तीन महिना भित्र दर्ता गर्ने अधिकारी समक्ष पेश गर्नुपर्ने व्यवस्था छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण