१५० वर्षअघिको ऐतिहासिक खेलको स्मरण गर्न अस्ट्रेलिया र इङ्ल्यान्ड भिड्दै

काठमाडौँ । विश्व क्रिकेटको इतिहासमा अस्ट्रेलिया र इङ्ल्यान्ड सबैभन्दा पुराना प्रतिद्वन्द्वी हुन् । यी दुई राष्ट्र एक–अर्काका चिर प्रतिद्वन्द्वी हुन् । अस्ट्रेलिया र इङ्ल्यान्डले आपसमा टेस्ट क्रिकेट खेल्न थालेको एक सय ४७ वर्ष पुगिसकेको छ ।
टेस्ट क्रिकेट खेल्न थालेको एक सय ५० वर्ष पुगेको उपलक्ष्यमा इङ्ल्यान्ड र अस्ट्रेलिया फेरि आपसमा भिड्ने भएका छन् । यी दुई राष्ट्रबिच पहिलो टेस्ट सन् १८७७ मा खेलिएको थियो । त्यसयता यी दुई राष्ट्रबिच एसेस टेस्ट शृंखला पनि खेलिँदै आएको छ ।
सन् २०२७ मा यी दुई राष्ट्रले आपसमा टेस्ट क्रिकेट खेल्न थालेको एक सय ५० वर्ष पुग्दैछ । सोही अवसरमा अस्ट्रेलियाले मेलबर्न क्रिकेट ग्राउन्डमा इङ्ल्यान्डसँग टेस्ट क्रिकेट खेल्ने घोषणा गरेको छ । क्रिकेट अस्ट्रेलियाका अनुसार, इङ्ल्यान्ड पनि यसमा सहमत भइसकेको छ ।
त्यस क्रममा यी दुई राष्ट्रबिच एकमात्र टेस्ट खेलिने छ । यसअघि अस्ट्रेलिया र इङ्ल्यान्डबिच टेस्ट क्रिकेट खेल्न थालेको एक सय वर्ष पुगेको उपलक्ष्यमा पनि सन् १९७७ मा यी दुई राष्ट्र आपसमा भिडेका थिए । त्यो खेलमा अस्ट्रेलिया ४५ रनले विजयी भएको थियो ।
रमाइलो संयोग के हो भने, सन् १८७७ मा खेलिएको पहिलो टेस्टमा पनि अस्ट्रेलियाले इङ्ल्यान्डलाई ४५ रनले नै हराएको थियो ।
T20I Tri-Series in Scotland, 2025
विस्तृत विवरण
खेल तालिका
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बजेटको सँघारमा पनि स्थानीय तहमा छैन उत्साह, सरकारमाथिको अविश्वासले खुम्चिँदै आकार
-
रवीन्द्र मिश्रलाई तीन लाख धरौटीमा छाड्न अदालतको आदेश
-
कम्बोडियामा पक्राउ परे ज्योति भण्डारी, नेपाल झिकाउन इन्टरपोल मार्फत पत्राचार
-
रवीन्द्र मिश्रको थुनछेक बहस सकियो
-
सामाजिक सञ्जालमा नैतिकता तथा शिष्टाचार विरूद्धका सामाग्री प्रकाशन गर्ने एक जना पक्राउ
-
सहसचिवको दरबन्दीमा सीडीओ बनेका उपसचिवहरू तानिए, अझै रित्तिएन जगेडा