१५० वर्षअघिको ऐतिहासिक खेलको स्मरण गर्न अस्ट्रेलिया र इङ्ल्यान्ड भिड्दै
काठमाडौँ । विश्व क्रिकेटको इतिहासमा अस्ट्रेलिया र इङ्ल्यान्ड सबैभन्दा पुराना प्रतिद्वन्द्वी हुन् । यी दुई राष्ट्र एक–अर्काका चिर प्रतिद्वन्द्वी हुन् । अस्ट्रेलिया र इङ्ल्यान्डले आपसमा टेस्ट क्रिकेट खेल्न थालेको एक सय ४७ वर्ष पुगिसकेको छ ।
टेस्ट क्रिकेट खेल्न थालेको एक सय ५० वर्ष पुगेको उपलक्ष्यमा इङ्ल्यान्ड र अस्ट्रेलिया फेरि आपसमा भिड्ने भएका छन् । यी दुई राष्ट्रबिच पहिलो टेस्ट सन् १८७७ मा खेलिएको थियो । त्यसयता यी दुई राष्ट्रबिच एसेस टेस्ट शृंखला पनि खेलिँदै आएको छ ।
सन् २०२७ मा यी दुई राष्ट्रले आपसमा टेस्ट क्रिकेट खेल्न थालेको एक सय ५० वर्ष पुग्दैछ । सोही अवसरमा अस्ट्रेलियाले मेलबर्न क्रिकेट ग्राउन्डमा इङ्ल्यान्डसँग टेस्ट क्रिकेट खेल्ने घोषणा गरेको छ । क्रिकेट अस्ट्रेलियाका अनुसार, इङ्ल्यान्ड पनि यसमा सहमत भइसकेको छ ।
त्यस क्रममा यी दुई राष्ट्रबिच एकमात्र टेस्ट खेलिने छ । यसअघि अस्ट्रेलिया र इङ्ल्यान्डबिच टेस्ट क्रिकेट खेल्न थालेको एक सय वर्ष पुगेको उपलक्ष्यमा पनि सन् १९७७ मा यी दुई राष्ट्र आपसमा भिडेका थिए । त्यो खेलमा अस्ट्रेलिया ४५ रनले विजयी भएको थियो ।
रमाइलो संयोग के हो भने, सन् १८७७ मा खेलिएको पहिलो टेस्टमा पनि अस्ट्रेलियाले इङ्ल्यान्डलाई ४५ रनले नै हराएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री शाहले हस्तकला महासङ्घका प्रतिनिधिसँग छलफल गर्दै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण