जब महिला बनेर खतरनाक अपराधी कारागारबाट भाग्न खोजे
ब्राजिल । ब्राजिलको फोर्टालेजा कारागारमा रहेका दुई जना खतरनाक अपराधी महिलाको भेष बदलेर जेलबाट भाग्ने प्रयास गरेका छन् । उनीहरूले कैदीका परिवारले भेट्ने समयमा त्यहाँबाट निस्कने प्रयास गरेका हुन् ।
फ्रान्सिस्को अटिला र कार्लोस एन्टोनियो सिएरा नामक आपराधिक समूहका सदस्य हुन् । उनीहरूमाथि लागु औषध तस्करी, लुटपाट र हत्याको आरोप छ । कारागारबाट महिला बनेर भाग्ने प्रयास गरे पनि उनीहरूलाई प्रहरीले पक्राउ गर्न सफल भएको थियो ।
दुई कैदीले सेतो टिसर्ट, गुलाबी स्कर्ट, कालो नक्कली कपाल लगाएर त्यहाँ अन्य कैदीलाई भेट्न आएका परिवारका सदस्यसँगै काराकारबाट निस्कने खोजेका थिए । तर, कारागारका सुरक्षाकर्मीले उनीहरूलाई चिनिहाले । कारागार बाहिर कदम राख्न अघि नै उनीहरूलाई पक्राउ गरिएको थियो ।
ब्राजिलको प्रहरीले अहिले उनीहरूले कसरी महिलाको पहिरन हात पारे भन्ने अनुसन्धान गरिरहेको छ । कैदीहरूलाई भगाउन खोज्नेहरूलाई ब्राजिलमा ६ देखि २ वर्षको कैद सजाय हुन्छ ।
उता, भाग्ने प्रयास गरेका कैदीहरूमाथि पनि अनुशासनको कारबाही हुनेछ । उनीहरूले जेल समय थप हुनसक्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘ज्येष्ठ नागरिक उद्यान’ नयाँ पर्यटकीय गन्तव्य
-
शुक्रबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
-
कारागारबाट फरार दुई कैदी नौ महिनापछि पक्राउ
-
उत्पादन वृद्धि र लागत कम गर्न किसानलाई कृषि सामग्री
-
वातावरणमैत्री स्रोतको उपयोगमा जोड दिन आवश्यक छ: उपराष्ट्रपति
-
वातावरण सुधारका गतिविधि प्रवर्द्धन गर्न राष्ट्रपतिको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण