झन्डै साढे १४ खर्ब रेमिटेन्स भित्रिँदा कति बाहिरियो ?
काठमाडौँ । हालसम्मकै उच्च झन्डै साढे १४ खर्ब रुपैयाँ बढी विप्रेषण आप्रवाह (रेमिटेन्स) भित्रिँदै गर्दा नेपालबाट कति बाहिरियो ? यो पनि महत्त्वपूर्ण सरोकारको विषय हो । नेपालमा काम गर्ने उच्च प्राविधिकदेखि सामान्य कवाडी व्यवसायीले विदेश लैजाने पैसा कति छ ?
नेपाल राष्ट्र बैङ्कले आइतबार सार्वजनिक गरेको वार्षिक वित्तीय रिपोर्ट अनुसार नेपालले हालसम्मै उच्च १४ खर्ब ४५ अर्ब ३२ करोड रुपैयाँ रेमिटेन्स भित्र्याउन सफल भएको छ । जुन अघिल्लो वर्ष तुलनामा २३.२ प्रतिशतले बढी हो । तर, यसै अवधिमा भित्रिएको रेमिटेन्स सोही शीर्षकमा कति प्रतिशत बाहिरियो त ?
२०८१ असार मसान्तसम्म रेमिटेन्स शीर्षकमा ६ अर्ब ६९ करोड ७० लाख रुपैयाँ बाहिरिएको राष्ट्र बैङ्कले जनाएको छ । समीक्षा वर्षमा २३ प्रतिशत बढी रेमिटेन्स भित्रिँदै गर्दा सोही शीर्षकमा निर्यात भने ८.५६ प्रतिशतले घटेको राष्ट्र बैङ्कले जनाएको छ ।
आर्थिक वर्ष २०८० असार मसान्तसम्ममा नेपालबाट ६ अर्ब ६१ करोड २० लाख रुपैयाँ बाहिरिएको थियो । त्यसो त पछिल्लो तीन वर्षको तथ्याङ्क हेर्दा नेपालबाट रेमिट्यान्सको रूपमा बाहिरिने पैसा घट्दो क्रममा रहेको छ ।
आर्थिक वर्ष २०७९/८० मा ७ अर्ब ६७ करोड ९० लाख रुपैयाँ बाहिरिएकोमा पछिल्लो दुई वर्षमा यस्तो रेमिटेन्स निर्यात क्रमशः ६ अर्ब ६१ करोड र ६ अर्ब ६ करोडमा झरेको राष्ट्र बैङ्कको तथ्याङ्कले देखाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वमन्त्री अर्याल भन्छन्, ‘लोकतन्त्रमा पदसोपान होइन, कार्यक्षमता र सिर्जनशीलता महत्त्वपूर्ण हुन्छ’
-
जेलेन्स्कीले गरे पुटिनलाई प्रत्यक्ष वार्ताको प्रस्ताव
-
न्यायाधीशको सम्पत्ति छानबिनले न्यायपालिकाको स्वतन्त्रता भत्किने पूर्वप्रधानन्यायाधीश पराजुलीको चेतावनी
-
आर्थिक विधेयकमा संसदीय नियम र अभ्यासविपरीत अर्थमन्त्री वाग्लेको बलमिच्याइ
-
चिनियाँ राष्ट्रपति सी उत्तर कोरिया भ्रमणमा जाँदै
-
‘राजनीतिक हस्तक्षेप नरोके एक दशकमै मरुभूमि बन्छ तराई’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण