समाजवादी मोर्चाको अर्को बैठक बुधबार बस्ने, आज के–के भयो छलफल ?
काठमाडौँ । समाजवादी मोर्चाको सचिवालय बैठकमा सदस्यहरूले धारणा राख्ने क्रम नसकिएकाले बुधबार बस्ने गरी सकिएको छ । सोमबार दिउँसो एकान्तकुनामा बसेको बैठकमा छलफल जारी नै रहेकाले राजनीतिक दस्ताबेजले पूर्णता नपाएको सदस्य सचिव खड्कबहादुर विश्वकर्माले बताए ।
‘छलफल सकिएको छैन । आजको बैठकमा कार्यदल सदस्य प्रमेश हमाल र गंगानारायण श्रेष्ठले आ–आफ्ना धारणा राख्नुभयो । बुधबार बिहान बैठक बस्नेछ’, रातोपाटीसँग उनले भने ।
साउन १ गते बसेको मोर्चाको बैठकले वर्तमान विकसित राजनीतिक घटनाक्रम र भावी योजनाबारे समीक्षात्मक राजनीतिक दस्ताबेज पेस गर्न १५ दिनको समय सीमा दिएको थियो । तर, ढिलो गरी समाजवादी मोर्चाको सचिवालय बैठक सोमबार पहिलोपटक बसेको हो ।
सबैको धारणा आइसकेपछि दस्ताबेजलाई अन्तिमरूप दिने विश्वकर्मालाले बताए । प्रस्तावित दस्ताबेजमा मोर्चाको विगतको समीक्षा, पछिल्लो राजनीतिक घटनाक्रम र आगामी योजना रहेको उनले जानकारी दिए ।
‘दस्ताबेजमा मोर्चाको विगतको समीक्षा छ । पछिल्लो राजनीतिक घटना छ । र, आगामी कार्यक्रम रहेको छ । सबैको धारणा आइसकेपछि दस्ताबेजलाई फाइनल गरिन्छ’, उनले भने ।
नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, नेपाल कम्युनिस्ट पार्टी र नेपाल समाजवादी महिन्द्र राय यादव समूह मिलेर बनेको मोर्चाको सचिवालयमा नेकपाबाट विश्वकर्मासहित माओवादीबाट देव गुरुङ, एकीकृत समाजवादीबाट प्रमेश हमाल र नेसपा यादव समूहबाट गंगानारायण श्रेष्ठ रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केपी ओलीलाई आफ्नोभन्दा बढी कांग्रेसको चिन्ता !
-
अभिनेत्री दीपाश्री निरौला डिस्चार्ज
-
प्रधान न्यायाधीश शर्मा भारत प्रस्थान
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण