चलचित्र पत्रकार संघ नेपालको युएई च्याप्टर गठन
दुबई । चलचित्र पत्रकार संघ नेपालको विदेश शाखा अन्तर्गत युएईमा शाखा गठन भएको छ । संघको पहिलो विदेश शाखाको रुपमा वरिष्ठ रंग पत्रकार कमल श्रेष्ठको संयोजकत्वमा दुबई च्याप्टर गठन भएको हो ।
संघका केन्द्रीय अध्यक्ष समीर बलामी र महासचिव रघुनाथ सापकोटा सिएनए इन्टर्नेशनल अनर अवार्डमा सहभागी हुन दुबई गएको मौकामा संघको दुबई च्याप्टर गठन गरेको संयोजक कमल श्रेष्ठले बताए ।
पछिल्लो समय दुबई कलाकारहरुको केन्द्र बिन्दु जस्तै बनेको छ । भिडियो, छोटा चलचित्र र नेपालबाट चलचित्र खिच्न आउनेको पनि दुबईमा बाक्लै उपस्थिति छ । दुबई मै पनि भिडियोहरू निर्माण हुन थालेको छ । विकेन्ड र बिदाका दिनमा राष्ट्रिय कलाकारहरु उपस्थित नहुने दिन नै हुँदैन । हरेक दिन जसो दुबई, आबुधावी र सार्जाहमा निरन्तर कार्यक्रम र गतिविधिहरु आयोजना हुने गरेको छ । यसलाई मध्य नजर गर्दै नेपाली कला, साहित्य, मनोरन्जन, चलचित्र, गीत संगीतको प्रचार प्रसार तथा प्रवर्द्धनका लागि चलचित्र पत्रकारिताको अपरिहार्यता रहेकोले दुबईमा संघको च्याप्टर गठन गरेको केन्द्रीय अध्यक्ष समीर बलामीले बताए ।
कमल श्रेष्ठ संयोजक रहेको संघको युएई (दुबई) च्याप्टरमा सचिव अनुराग परिहार र सदस्यहरुमा सन्नी प्रधान, खिमलाल पाण्डे, केशव कटवाल, चित्र तामाङ, राम गुरुङ, देबु अर्याल लगायत रहेका छन् । गठित च्याप्टरले ६ महिना भित्र साधारण सभा गरी पूर्ण कर्यसमिति बनाइने संयोजक कमल श्रेष्ठले बताए । कार्यक्रममा दुबईमा रहेका पत्रकारहरू, नेपाल पत्रकार महसंघ युएई शाखाका अध्यक्ष मेघराज सापकोटा, निवर्तमान अध्यक्ष लक्ष्मण खनालसहित पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वभर फेसबुक म्यासेन्जरमा प्राविधिक समस्या
-
‘बीपीका आदर्श र विचार आज पनि उत्तिकै महत्त्वपूर्ण’
-
मन्त्रीको राजीनामा होल्ड हुनु र मुख्यमन्त्री बानियाँले भेट नदिनु होइन संयोग मात्र
-
हर्मुज सङ्कटले विश्व अर्थतन्त्रमा जोखिम बढाउने चेतावनी
-
रामादा बाई विन्धामले बोलबम यात्रीलाई सहयोग गर्ने
-
एमाले र नेकपाका दुई नेता मेन्याङ्बो र आङ्बोको दौडधुप बाक्लियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण