रास्वपाका ६० जनाभन्दा बढी युवाले गरे पार्टी परित्याग
बुटवल । दाङमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का ६० जनाभन्दा बढी युवाले पार्टी परित्याग गरेका छन् । सोमबार तुलसीपुरस्थित रिपोर्टस क्लबमा पत्रकार सम्मेलन गर्दै उनीहरुले पार्टी परित्यागको घोषणा गरेका हुन् ।
दाङ निर्वाचन क्षेत्र नम्बर २ का क्षेत्रीय सदस्य विजय केसीले रास्वपाका सभापति रवि छामिछानेले युवालाई झुक्काएको आरोप लगाएका छन् । उनले रास्वपामा पनि पुराना पार्टीको झैँ नातावाद र कृपावादको हाबी भएको बताए ।
सभापति विभिन्न आरोपमा मुछिए पछि नैतिकताले पनि रास्वपामा बस्न मन नलागेको उनले बताए । देश विकास गर्नका लागि पार्टी नचाहिने भन्दै सबै युवाहरू स्वतन्त्र भएर बस्न पनि उनले आग्रह गरे ।
पार्टी स्थापनाकालदेखि नै सदस्य रहेका दाङ क्षेत्र नम्बर ३ का सभापति मेघराज केसीलगायत विभिन्न क्षेत्रीय सदस्य, घोराही र तुलसीपुर उपमहानगरपालिका स्तरीय समितिका पदाधिकारी र सदस्यहरूले पार्टी परित्याग गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यी हुन् रास्वपामा रवि लामिछानेले देखेका चुनौती
-
लामो समय लाइन बस्दा पनि उम्मेदवारी फारम नपाएपछि प्रतिनिधिहरू आक्रोशित
-
नेपाल शिक्षण संस्था सर्वेक्षण, २०८१ को नतिजा सार्वजनिक
-
पहिलोपल्ट अधिकांश पालिकामा छन् हाकिम, १८ मात्र निमित्तको भरमा
-
भरतपुरको लर्ड्स बिजनेस कम्प्लेक्स होटललाई ३ लाख रुपैयाँ जरिबाना
-
विष्णु पौडेललाई प्रहरी प्रभाग सानेपाको हिरासतमा राखिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण