फुजी सानको शिखरमा नेपालको राष्ट्रिय झण्डा फहराइयो
सोमबार, ०३ भदौ २०८१, २० : ०५
जापानको प्रशिद्ध हिमाल फुजी सानको चुचुरोमा नेपालको राष्ट्रिय झण्डा फहराइएको छ ।
जनता समाजवादी पार्टी (जसपा) नेपालको प्रवास सङ्गठन नेपाली समाज जापानको कार्य समितिको टोलीले जापानको अग्लो हिमाल फुजी सानको सफलतापूर्वक आरोहण सम्पन्न गर्दै राष्ट्रिय झण्डा फहराएको जसपा नेपालका केन्द्रीय सदस्य पूर्ण बस्नेतले जानकारी दिए ।
नेपाली समाज जापानको अध्यक्ष शिशिर निङ्लेकु लिम्बूको नेतृत्वको टोलीले आइतबार आरोहण सम्पन्न गरेको उनको भनाइ छ । टोलीले नेपालको राष्ट्रिय झण्डाका साथै पार्टीको ब्यानरसमेत टाकुरामा पुर्याएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
-
एक्यापमा लेक लागेर एकै वर्ष २५ जनाको मृत्यु
-
प्रिमियर लिगको दोस्रो सबैभन्दा महँगो सम्झौता, चेल्सीले रोजर्सलाई आधिकारिक रूपमा भित्र्यायो
-
न्यायाधीशविरुद्ध सयौँ उजुरी, छानबिनमा सधैँ विलम्ब
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण