ज्ञानचन्दको क्रूर हत्या, फरुवाले हानेर टाउको छुट्याइयो

विराटनगर । विगतको रिसिइबीका कारण सुनसरी गढी गाउँपालिका–६ का ४७ वर्षीय रिङ व्यवसायी ज्ञानचन्द ऋषिदेवको हत्या भएको प्रहरीले प्रारम्भीक निष्कर्ष निकालेको छ ।
ज्ञानचन्दको सोमबार बिहान टाउको र शरीर छुट्याएर फरक फरक ठाउँमा फालिएको अवस्थामा शव फेला परेको थियो । उनको शव गढी गाउँपालिका–२ थलाहामा भेटिएको हो । शव भेटिएको स्थान उनको घरदेखि करिब एक किलोमिटर नजिकमा पर्ने स्थान थलाहामा टाउकोदेखि मुनिको शरीर भेटिएको सुनसरीका प्रहरी प्रवक्ता डिएसपी नविनकृष्ण भण्डारीले जानकारी दिए ।
यस्तै शरीर भेटिएको स्थानदेखि करिब ५० मिटर उत्तर पश्चिममा गढी २ गुजाइटोकीमा टाउको भेटिएको उनले बताए । शव भेटिएको स्थान ऋषिदेवले बालुवा र सिमेन्ट प्रयोग गरी रिङ बनाउने उद्योग रहेको छ । उनले विगत एक दशकदेखि रिङ व्यवसाय सञ्चालन गर्दै आएका छन् । हत्याको कारण रिसिइबी रहेको हुनसक्ने भण्डारीले बताए । ‘हामी अनुसन्धानकै क्रममा छौँ । चिनेजानेकैहरुबाट पहिलेदेखिको रिसिइबीले हत्या गरेको हुनसक्ने देखिन्छ,’ भण्डारीले भने, ‘अन्तिम निष्कर्ष आइसकेपछि सार्वजनिक हुन्छ ।’
प्रहरीले घटनामा संलग्न भएको आशङ्कामा तीन जनालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ । ‘यस घटनामा संलग्न भएको आशङ्कामा तीन जनालाई नियन्त्रणमा लिएका छौँ,’ डीएसपी भण्डारीले भने । प्रहरीले नियन्त्रणमा लिएको व्यक्तिहरूको साथबाट ज्ञानचन्दको हत्यामा प्रयोग भएको फरुवासहितका हातहतियार बरामद गरेको जनाएको छ ।
प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेका व्यक्तिहरू ऋषिदेव समुदायकै व्यक्ति रहेका छन् । ‘नियन्त्रणमा लिएको व्यक्तिले लगाएको कपडामा रगत लतपतिएको छ । हामी घटनाको नजिक पुग्न लागेका छौँ । एक जनाको मात्रै संलग्न छ कि अरूको पनि छ । त्यस विषयतर्फ पनि अनुसन्धानको दायरालाई फराकिलो बनाएका छौँ,’ प्रहरी स्रोतले भन्यो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हेटौंडा गाडी बेपत्ता घटना : भासिएको स्थानको पानी सङ्कलन गरी परीक्षणका लागि पठाइयो
-
छत्तीसगढमा भारतीय प्रहरीको एक्सन : २२ माओवादी मारिएको दाबी
-
केयु र एनपीआइबिच समझदारीपत्रमा हस्ताक्षर
-
स्रोत नखुलेको १४ लाखसहित दुई जना पक्राउ
-
भारतीय आक्रमणपछि पाकिस्तानी प्रधानमन्त्रीले राष्ट्रलाई सम्बोधन गर्ने
-
मुख्यमन्त्री आचार्य र स्विस राजदूतबिच शिष्टाचार भेटवार्ता