साउनमा ८ अर्ब ५५ करोड वैदेशिक लगानी स्वीकृत

काठमाडौँ । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो महिना, साउनमा ८ अर्ब ५५ करोड ५० लाख रुपैयाँको प्रत्यक्ष वैदेशिक लगानी स्वीकृत भएको छ ।
उद्योग विभागका अनुसार साउनमा ५९ वटा उद्योग दर्ता भएका छन् । यसमध्ये ५७ साना हुन् भने २ ठूला उद्योग हुन् । यी उद्योगले ३२३ जनालाई प्रत्यक्ष रोजगारी दिने प्रतिबद्धता जनाएका छन् ।
यस्तै गत आर्थिक वर्ष २०८०/८१ देखि चालु आवको पहिलो महिना साउनसम्म कुल ५ खर्ब २० अर्ब ४४ करोड रुपैयाँ वैदेशिक लगानीको लागि प्रतिबद्धता आएको छ ।
यो १३ महिनाको अवधिमा ६ हजार ३२६ साना, ठुला उद्योगले दर्ताको अनुमति पाएका छन् । यिनीहरूले ३ लाख ३४ हजार ६२४ जनालाई रोजगारी दिन सक्ने बताएका छन् ।
साउन महिनाको आएको प्रतिबद्धताको ७३ प्रतिशत हिस्सा पर्यटन उद्योगमा छ । सेवा क्षेत्रको १६ प्रतिशत र कृषि उद्योगमा ७ प्रतिशत छ । प्रशोधनका लागि ३ प्रतिशत र आईटी उद्योगका लागि १ प्रतिशत हिस्सा रहेको विभागले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिम प्रदेश सरकारको आर्थिक सर्वेक्षण प्रस्तुत
-
प्रतिनिधिसभा बैठक आइतबारसम्मका लागि स्थगित
-
वैकल्पिक राजनीतिको अर्जुनदृष्टि : राजनीतिक पुनर्संरचना, सुशासन र समृद्धि
-
श्रोत नखुलेको १८ लाख नेपाली रुपैयाँसहित दुई जना नियन्त्रणमा
-
माधव नेपालकाे सांसद पद निलम्बन भएको पत्र पढेर सुनाइयो
-
९० रुपैयाँभन्दा कम नेटवर्थ भएका कम्पनीको आईपीओ नरोक्न धितोपत्र बोर्डलाई पत्र