६ जना इजरायली बन्दीको शव भेटियो
मङ्गलबार, ०४ भदौ २०८१, १६ : १०
तेल अभिभ । गाजापट्टीमा ६ जना इजरायली बन्दीको शव भेटिएको इजरायली सेनाले बताएको छ । इजरायल रक्षा बल (आईडीएफ)ले जारी गरेको विज्ञप्ति अनुसार यागेभ बुच्श्ताब, आलेक्जान्डर ड्यान्सिग, अवराहम मन्देर, योराम मेत्जेगर, हाइम पेरी र बेलायती–इजरायली नागरिक नादेभ पोपलवेलको शव भेटिएको हो ।
यी सबैको शव सोमबार खान युनिस क्षेत्रमा भेटिएको समाचारमा उल्लेख छ।
अवराहम मन्देरबाहेक पाँच जनाको मृत्यु भइसकेको यसअघि नै इजरायलले घोषणा गरिसकेको थियो । मन्देरको भने खोजीकार्य जारी थियो ।
आईडीएफले सुरक्षा एजेन्सी शिन बेटसँग मिलेर खोजी कार्य गरिरहेको थियो । हमासले अक्टोबर ७ मा दक्षिणी इजरायलमा आक्रमण गरेर करिब २५० जनालाई बन्दी बनाएको थियो । यी छ जना पनि अक्टोबर ७ मै अपहरणमा परेका थिए । गाजामा हमासको कब्जामा अब १०९ इजरायली बन्दी बाँकी रहेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पत्रकार महासङ्घ रुपन्देहीद्वारा ३ जना पत्रकार पुरस्कृत
-
बढ्दो सहरीकरणसँगै उपत्यकामा धान रोप्ने ठाउँको अभाव
-
विद्यार्थी सङ्गठनको संरचना हटाउने पत्राचारमा स्ववियुकाे आपत्ति, भन्याे– विश्वविद्यालयलाई सरकारको छाया बनाउन खोजियाे
-
अमेरिका र इरानबिच जारी तनाव मत्थर बनाउन सहमति
-
६० वर्ष उमेर पूरा भइसकेका विद्यालय कर्मचारीहरूलाई नहटाउन आग्रह
-
नेदरल्यान्ड्सविरुद्ध मोरक्को : मैदानको भिडन्तभन्दा पर आप्रवासन र पहिचानको कथा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण