भोगले आफ्ना कन्टेन्टलाई च्याटजीपीटीमा राख्न दिने
क्यालिफोर्निया । च्याटजीपीटी बनाउने कम्पनी ओपनएआई र अमेरिकी फेशन तथा जीवनशैली पत्रिका भोगको मातृ कम्पनी कन्डे नाष्टले सम्झौता गरेका छन् । च्याटजीपीटी र यसको सर्च इञ्जिन सर्च जीपीटीमा भोग, द न्यूयोर्कर, जीक्यू लगायत कम्पनीका बहुचर्चित पत्रपत्रिकामा प्रकाशित सामाग्री राख्न दिनेबारे दुई पक्षबीच बहुवर्षीय समझदारी भएको हो ।
पछिल्लो समय ओपनएआईले मुख्य सञ्चार गृहहरूसँग धमाधम यस्तो खालको सम्झौता गरिरहेको छ । यो सूचिमा टाइम म्यागेजिन, फाइनान्सियल टाइम्स र एशोसियटेड प्रेस आदि थिए ।
यसमा अब कन्डे नाष्ट पनि थपिएको छ । यस अघि नै कम्पनीले च्याटजीपीटीलाई तालिम दिन सञ्चार माध्यमहरूमा प्रकाशित सामाग्रीहरूको प्रयोग गरेको थियो । सिकागो ट्रिब्यून र न्यू योर्क टाइम्सले भने कम्पनीको यो कदमको विरोध गर्दै आफ्ना सामाग्रीको सुरक्षाका लागि कानूनी कारवाही अगाडि बढाएका थिए । यो सम्झौता कतिमा भएको हो भनेर ओपनएआई र कन्डे नाष्ट दुबैले खुलाएका छैनन् ।
सामाजिक सञ्जाल र अन्य डिजिटल मञ्चको बिगबिगी सञ्चार माध्यमका व्यवसाय मोडलका लागि चुनौती बनेका छन् । यो सम्झौताले आफ्नो आम्दानीमा केही भएपनि योगदान दिने अनि पत्रकारिताको सुरक्षा र यसमा लगानीलाई निरन्तरता राख्ने अवसर सृजना गर्ने कन्डे नाष्टका सीईओ रोजर लिञ्चले भनेका छन् ।
ओपनएआईले गएको महीना मात्रै एआईमा आधारित सर्च इञ्जिन सर्च जिपीटी लञ्च गरेको थियो । अमेरिकी बहुराष्ट्रि सर्च इञ्जिन गुगल पनि आफ्ना प्रडक्टमा एआईबाट चल्ने टूलहरू राख्ने दौडमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसलाई लोकतन्त्रका लागि लड्ने क्षमता मिलोस् : केपी ओली
-
अभियन्ता वेदिका केसी पक्राउ
-
विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः डा.धिताल नियुक्त
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
-
अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था मिलाउन प्रधानमन्त्रीको निर्देशन
-
नेपालमा हुने तिब्बतसम्बन्धी सम्मेलनमा चीनको चासो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण