वर्षाले कैलालीका हुलाकी सडक अवरुद्ध
बुधबार, ०५ भदौ २०८१, १७ : ४५
कैलाली । निरन्तर वर्षाका कारण कैलालीका हुलाकी सडक अवरुद्ध भएका छन् । वर्षापछि बाढीका कारण ठाउँ ठाउँमा सडक भत्किएका छन् ।
कैलारी गाउँपालिका–५ पुरानो मनिकापुरस्थित हुलाकी सडक भत्किँदा आवागमन ठप्प भएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए । निरन्तरको वर्षाका कारण पानीको सतह सडकभन्दा माथि पुगेको छ ।
वर्षाका कारण कटैनी नदीमा पानीको बहाव बढ्दा कैलारी गाउँपालिका–५ पुरानो मनिकापुर बस्तीका २४ घर डुबानमा परेका छन् । उनीहरू आफन्तकहाँ बसेका छन् । पाँच परिवारलाई स्थानान्तरण गरी वडा नं ५ को कार्यालयमा राखिएको छ ।
गौरीगङ्गा नगरपालिमा पनि केही घर डुबानमा परेका छन् । गौरीगङ्गा–७ का महादेवा, कम्दा, भगवानपुर र वडा नं–९ शङ्करपुरका केही घर डुबानमा परेका सूचना अधिकारी जोशीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मे महिनायता पहिलोपटक तेलको मूल्य प्रतिब्यारल १०० डलर पुग्यो
-
वीर अस्पतालमा गुनासो सुन्ने अधिकारी मात्रै ११ जना
-
सीजेपी र भारत सरकारबिच वार्ताको स्थानलाई लिएर विवाद, संस्थापक दीपके बिरामी
-
सिरहा घटना : गोली प्रहार गरेर पक्राउ गरिएका आरोपीहरूबाट २४३ ग्राम खैरो हेरोइन बरामद
-
‘डा. केसीसँग छु’ भन्ने शिक्षामन्त्रीकै कार्यशैलीविरूद्ध गाेविन्द केसीकाे २४औँ सत्याग्रह
-
सूर्यवंशीको कीर्तिमानी अर्धशतक, टी-२० मा भारतको हारको शृङ्खला अन्त्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण