कोरम नपुग्दा अर्थ समितिको बैठक स्थगित

काठमाडौँ । बुधबारका लागि बोलाइएको अर्थ समितिको बैठक कोरम नपुगेर स्थगित भएको छ । सभापति सन्तोष चालिसेले बुधबार साँझ ४ बजेका लागि समितिको बैठक बोलाएका थिए ।
ठुलो सदन (प्रतिनिधि सभा) मा पेस गरिएको बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन), २०८० का सन्दर्भमा छलफलका लागि बुधबार बैठक बोलाइएको थियो । समितिमा अर्थ मन्त्री विष्णुप्रसाद पौडेललाई समेत डाकिएको थियो ।
तर, पूर्वनिर्धारित समय भन्दा एक घण्टासम्म कुर्दा समेत समितिको बहुमत सदस्य जुट्न नसक्दा अन्ततः बैठक नै स्थगित हुनु पुगेको हो ।
प्रतिनिधिसभा नियमावली २०७९ अनुसार मिनी संसद्को रूपमा रहेको संसदीय समितिको बैठकका लागि कूल सदस्यको बहुमत सदस्य उपस्थित हुनुपर्छ । तर २३ सदस्य (सभापतिसहित) रहेको अर्थ समितिको बुधबारको बैठकमा १० जना पनि सदस्य उपस्थित नभएपछि बैठक नै स्थगित गर्नुपरेको हो । समितिमा अर्थमन्त्री पौडेल नै उपस्थित भएनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माओवादीको पदाधिकारी र केन्द्रीय समितिको आकार बढ्यो, १० प्रतिशतसम्म समायोजन हुने प्रावधान निष्क्रिय
-
पर्वतारोहणलाई सुरक्षित बनाउन सरकार क्रियाशील छ : प्रधानमन्त्री
-
टाउको दुखेका बिरामीलाई आइरन चक्की दिइएपछि...
-
प्रतिनिधि सभा बैठक बस्दै नबसी बुधबारसम्मका लागि स्थगित
-
राष्ट्र बैङ्कमा कार्यकारी निर्देशकहरूको हेरफेर, भर्खरै बढुवा भएका रावललाई सुपरिवेक्षणको जिम्मा
-
गभर्नर पौडेलविरूद्धको रिट हेर्न नभ्याइने