कोरम नपुग्दा अर्थ समितिको बैठक स्थगित
काठमाडौँ । बुधबारका लागि बोलाइएको अर्थ समितिको बैठक कोरम नपुगेर स्थगित भएको छ । सभापति सन्तोष चालिसेले बुधबार साँझ ४ बजेका लागि समितिको बैठक बोलाएका थिए ।
ठुलो सदन (प्रतिनिधि सभा) मा पेस गरिएको बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन), २०८० का सन्दर्भमा छलफलका लागि बुधबार बैठक बोलाइएको थियो । समितिमा अर्थ मन्त्री विष्णुप्रसाद पौडेललाई समेत डाकिएको थियो ।
तर, पूर्वनिर्धारित समय भन्दा एक घण्टासम्म कुर्दा समेत समितिको बहुमत सदस्य जुट्न नसक्दा अन्ततः बैठक नै स्थगित हुनु पुगेको हो ।
प्रतिनिधिसभा नियमावली २०७९ अनुसार मिनी संसद्को रूपमा रहेको संसदीय समितिको बैठकका लागि कूल सदस्यको बहुमत सदस्य उपस्थित हुनुपर्छ । तर २३ सदस्य (सभापतिसहित) रहेको अर्थ समितिको बुधबारको बैठकमा १० जना पनि सदस्य उपस्थित नभएपछि बैठक नै स्थगित गर्नुपरेको हो । समितिमा अर्थमन्त्री पौडेल नै उपस्थित भएनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री शाहले हस्तकला महासङ्घका प्रतिनिधिसँग छलफल गर्दै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण