आईपीओ रोकिँदा आयोजनाहरू समस्यामा परे : अध्यक्ष कार्की
काठमाडौँ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) का अध्यक्ष गणेश कार्कीले १४ महिनामा ३० भन्दा बढी आयोजनाहरुको आईपीओका लागि सेवनमा रोकिएको बताएका छन् । बुधबार इप्पान र उपायले आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष कार्कीले यस्तो बताएका हुन् ।
अध्यक्ष कार्कीले पछिल्लो समय सेयरमार्फत जलविद्युतमा नेपालभित्र लगानी गर्ने वातावरण बनाउनुपर्ने बताए ।
उनले भने,‘विगत १४ महिनाभन्दा बढी ३० भन्दा बढी आयोजनाहरू सेवनमा रोकिएको छ । जलविद्युत आयोजनामा ३० प्रतिशत लगानी आईपीओबाट संकलन गर्ने योजना बनाएका हुन्छौँ । आईपीओबाट पनि आउन सकेन र इकुटी हालेर पनि आयोजनाहरू अगाडि लैजान सकिएको छैन ।’ उनले जलविद्युत आयोजनामा ३० प्रतिशत लगानी आईपीओबाट संकलन गर्ने योजना बनाए पनि आईपीओ रोकिँदा आयोजनाहरू समस्यामा परेको बताए ।
अध्यक्ष कार्कीले १ हजारबाट अहिले ५ हजार लगानी गर्नसक्ने वातावरण बनेको बताउँदै पुँजी बजारमा करिब ४५ लाखभन्दा बढी नेपालीहरूले जलविद्युतको सेयरमा लगानी गरेको बताए । उनले स्थायी सरकार बनेकाले अब केही काम हुने आशा व्यवसायीहरूमा पलाएको पनि बताए ।
उनले जलविद्युत क्षेत्रको विकास गर्न व्यवसायीहरू उत्साहित भएपनि पछिल्लो समय धेरै समस्याहरू आइरहेको पनि बताए । उनले विद्युत् विधेयक जस्ताको त्यस्तै पास भए व्यवसायीहरू पलायन हुनुपर्ने बताउँदै विधेयकले जलविद्युत विकास गर्ने तर नेपालका निजी क्षेत्रको लगानी निरुत्साहित गर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोल्पा दुर्घटना अपडेट : मृतकहरूको पहिचान खुल्यो
-
पूर्वआयुक्त पाठकविरुद्धको भ्रष्टाचार मुद्दा ‘हेर्न नमिल्ने’मा
-
'राजासहितको प्रजातन्त्र'को नारासहित नयाँ पार्टी खोल्ने धवलशमशेरको घोषणा
-
पोखराको फोहोर फाल्ने ठाउँमा भेटियो ग्रिनेट
-
इरानले भन्यो, ‘कुवेत विमानस्थलमाथिको आक्रमणमा अमेरिकी प्रतिरक्षा प्रणालीको हात’
-
कांग्रेसमा ३ लाख ७५ हजारको क्रियाशील सदस्यता अद्यावधिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण