सिधा कुरालाई ‘अडियो’ उपलब्ध गराउने राजकुमार तिमल्सिना पक्राउ
काठमाडौँ । सिधाकुरा डटकमलाई अडियो उपलब्ध गराइदिने राजकुमार तिमल्सिनालाई प्रहरीले पक्राउ गरेको छ । उनले उपलब्ध गराएको अडियोको हवाला दिएर सो अनलाइनले प्रसारण गरेको ‘डार्क फाइल’ कार्यक्रम विवादमा परेको थियो ।
सर्वोच्च अदालतका न्यायाधीश, कानुन व्यवसायी र पत्रकारलाई लाञ्छना लगाउने गरी तयार गरिएको सो अडियो परीक्षणबाट ‘फेक’ पुष्टि भएको छ । तिमल्सिनालाई बैंकिङ्ग कसुर लगायतका मुद्दामा फरार रहेको भेटेपछि पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सानुराम भट्टराईले रातोपाटीलाई बताए ।
डार्क फाइल प्रकरणमा पनि उनी काठमाडौँ जिल्ला अदालतमा हाजिर भएका थिएनन् । बैंकिङ्ग कसुरका दुई वटा मुद्दामा उनी फरार रहेको एसएसपी भट्टराईले बताए ।
पछिल्लो समय उनले ‘आत्मदाह गर्छु’ भन्ने अभिव्यक्ति दिएका थिए । उनलाई बिहीबार अदालत उपस्थित गराइने भट्टराईले बताए । तिमल्सिना पेप्सीकोलाबाट पक्राउ परेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
-
अनुहारमा दही लगाउँदा के हुन्छ ?
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण