लोभलाग्दो पारिश्रमिकमा इटालीबाट साउदी जाँदैछन् अर्जेन्टिनी स्टार डिबाला
काठमाडौँ । अर्जेन्टिनाका आक्रामक मिडफिल्डर पाउलो डिबाला आकर्षक पारिश्रमिकमा साउदी अरेबियाको ब्यवसायिक लिगमा आबद्ध हुने भएका छन् । साउदी क्लबले उनलाई लोभलाग्दो पारिश्रमिकको प्रस्ताव राखेको समाचारमा जनाइएको छ ।
डिबालले साउदी क्लब अल–कादसियासँग वार्तासमेत गरिसकेको बताइएको छ । समाचारमा जनाइए अनुसार, आवश्यक प्रक्रिया पुरा गरेर डिबाला र साउदी क्लब अल–कादसियाबिच सम्झौतामा हस्ताक्षर हुनमात्र बाँकी रहेको छ ।
अल–कादसियाले ३० वर्षीय डिबालाका लागि सात करोड ५० लाख युरो खर्चिने भएको छ । अल–कादसिया र डिबालाबिच तीन वर्षका लागि सम्झौता हुने बताइएको छ । डिबाला हाल इटालियन क्लब एएस रोमाबाट ब्यवसायिक फुटबल खेल्छन् ।
उनी सन् २०२२ मा एएस रोमामा आबद्ध भएका थिए । विश्वकप विजेता अर्जेन्टिनी टोलीको सदस्यसमेत रहेका डिबाला सात वर्ष इटालियन क्लब युभेन्ट्समा बिताएर एएस रोमा पुगेका थिए । उनले एएस रोमाका लागि ७८ खेल खेल्दै ३४ गोल गरेका छन् ।
नयाँ सिजनको इटालियन सिरिएको खेलमा प्रारम्भमा उनी मैदानमा देखा परेका थिएनन् । एएस रोमा र काग्लिआरीबिचको उक्त खेल गोलरहित बराबरीमा सकिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ब्ल्याकस्टोन, केकेआर र ब्रुकफिल्डसँग कुवेतको १६ अर्ब डलरको पाइपलाइनको सम्झौता
-
कर्णालीमा नयाँ मुख्यमन्त्री नियुक्तिका लागि प्रक्रिया अघि बढ्यो, प्रदेश प्रमुखद्वारा आह्वान
-
सांसद पौडेलमाथि मसी प्रहारपछि गगन थापा : ‘असहमतिको उत्तर हिंसा होइन, लोकतान्त्रिक संवाद हो’
-
१० बजे १० समाचार : एमाले र नेकपाबिच ३ बुँदे सहमति, कर्णालीका मुख्यमन्त्रीले दिए राजीनामा
-
प्रश्नपत्र लिक भएपछि त्रिविमा हलचल : साइबर ब्युरोलाई पत्राचार, आइतबार बैठक आह्वान
-
विद्यार्थी कुटपिट गरी घाइते बनाएको आरोपमा शिक्षक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण