दोस्रो दिनकाे माओवादी केन्द्र बागमती प्रदेशस्तरीय परामर्श समितिकाे बैठक सुरु
काठमाडौँ । नेकपा माओवादी केन्द्रको बागमती प्रदेशस्तरीय परामर्श समितिको दोस्रो दिनको बैठक सुरु भएको छ । केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक सुरु भएको केन्द्रीय सदस्य माधव सापकोटाले जानकारी दिए ।
साउन ३१ गते सम्पन्न स्थायी समिति बैठकले भदौ ५ गतेदेखि असोज ३ गतेसम्म सबै प्रदेश, केन्द्रीय निकाय, जेष्ठ कम्युनिस्ट मञ्च, सल्लाहकार, जबस/मोर्चामा रहेका केन्द्रीय सदस्य र पदाधिकारीको संयुक्त परामर्श समिति बैठक राख्ने निर्णय गरेको थियो ।
स्थायी समिति बैठकको निर्णय बमोजिम बुधबार बागमती प्रदेशस्तरीय केन्द्रीय सदस्यहरू र प्रदेश पदाधिकारीको बैठक सुरु भएको थियो । बैठकको पहिलो दिन ४१ जना केन्द्रीय सदस्यले आ–आफ्ना धारणा राखेका थिए । बोल्ने अधिकांश सदस्यहरूले पार्टीभित्र देखिएको मतभेद विशेष महाधिवेशनमा लगेर टुंग्याउनपुर्ने धारणा राखेका केन्द्रीय सचिव देवेन्द्र पौडेलले जानकारी दिए ।
पौडेलका अनुसार केहीले नियमित महाधिवेशन आउन लागेकोले विशेष महाधिवेशन आवश्यक नरहेको तर्क गरेका थिए । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बैठक सुरु गर्दै पार्टीको विचार र नेतृत्वको विषयमा कुनै समस्या नरहेकाले साङ्गठनिक विवाद विशेष महाधिवेशनबाट हल गरिने बताएका थिए ।
‘स्थायी समिति बैठकमा पनि विशेष महाधिवेशन गर्नुपर्ने कुरा उठेको थियो । केही साथीहरूले नियमित महाधिवेशनमै जाऊँ भन्ने पनि मत राखेका छन् । अहिले प्रदेशस्तरीय बैठक परामर्शकै क्रममा रहेकाले सबै प्रदेशबाट सुझाव आएपछि केन्द्रीय समितिको पूर्ण बैठकले संश्लेषण गर्छ ।
त्यसकै आधारमा महाधिवेशनको मिति तय हुन्छ । पार्टीको विचार र नेतृत्वको विषयमा कसैले पनि फरक मत राखेका छैनन् । साङ्गठनिक समस्या विशेष महाधिवेशनबाट हल गरिन्छ भनेर अध्यक्षले भन्नुभएको छ’, पौडेलले रातोपाटीसँग भने ।
आजको बैठकमा बोल्न चाहने बाँकी सदस्यहरूले धारणा राखेपछि आवश्यकता अनुसार उठेका प्रश्नको जवाफ अध्यक्ष र पदाधिकारीले दिएपछि बैठक सकिने उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेचीनगरको दिसाजन्य लेदो प्रशोधन केन्द्र पूर्ण क्षमतामा चल्न सकेन
-
भारतीय चर्चित गायक सानले नेपालमा साङ्गीतिक प्रस्तुति दिने
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण