सिराहामा ढुङ्गा, गिट्टी र बालुवा चोरी निकासी तीव्र
सिराहा । सरकारले वर्षातको समय (असार, साउन र भदौ) मा देशका कुनै पनि नदी वा खोलाबाट ढुङ्गा, गिट्टी र बालुवालगायतका नदीजन्य पदार्थ निकाल्न रोक लगाए पनि सिराहामा यो निर्णयको उलङ्घन भएको पाइएको छ ।
नदीजन्य पदार्थको दोहन जारी रहँदा सरोकारवाला निकाय भने मौन बसेको पाइएको छ । प्रशासनकै मिलेमतोमा स्थानीय गागनखोलाबाट राति राति ढुङ्गा, गिट्टी र बालुवा निकासी हुने गरेको सिराहा–गोलबजार–३, टुड्कियाका स्थानीय दिपक महतोले बताए । ‘तस्करहरूले स्थानीय प्रहरी प्रशासनलाई प्रभावमा पारेर ढुङ्गा, गिट्टी र बालुवा ओसार्ने काम गरिरहेका छन्’, उनले भने ।
कमला नदी, घुर्मिखोला, गागनखोला, मैनाबत्ती लगायतबाट ढुङ्गा, गिट्टी, बालुवा चोरी निकासी हुने गरेको बताइएको छ ।
त्यसैगरी, घुर्मिखोलाबाट पनि गोलबजार नपा–१० र मिर्चैया नगरपालिकाको रमपुराको बाटो हुँदै अवैध रूपमा ढुङ्गा, गिट्टी, बालुवा चोरी निकासी हुने गरेको स्थानीयहरूले बताएका छन् । स्थानीयका अनुसार कम्तीमा दैनिक १५ वटासम्म ट्याक्टरले ढुङ्गा, गिट्टी र बालुवा चोरी निकासी हुने गरेको छ ।
अरू समय प्रति ट्याक्टर एक हजार देखि एक हजार पाँच सय सम्म बिक्री हुने बालुवा अहिले चार हजारको दरले बिक्ने गरेको ट्याक्टर सञ्चालक ललित महतोले जानकारी दिए । तर, उनले आफूहरूले पहिला नै खोलाबाट निकालेर थुपारेको बालुवा बेचिरहेको दाबी समेत गरे ।
यता इलाका प्रहरी कार्यालय गोलबजारले आफ्नो क्षेत्रबाट त्यस्तो कुनै अवैध काम भएको आफूहरूलाई जानकारी नआएको बताएको छ । जिल्ला प्रहरी कार्यालय सिराहाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक मुक्तिनाथ सापकोटाले पनि आफूहरूलाई त्यसबारे कुनै जानकारी नआएको जवाफ दिए । सापकोटाले भने ‘हामीले ढुङ्गा, गिट्टी, र बालुवा ओसारेको देखेको छैन र कुनै सूचना पनि पाएका छैनौँ, भेटिएको खण्डमा आवश्यक कारबाही गर्छौं ।’
त्यसैगरी धनुषाको चारनाथ, कमला, वडहरी, वेलाचापी लगायतका नदीबाट पनि नदीजन्य पदार्थ प्रहरीकै मिलेमतोमा चोरी निकासी हुने गरेको स्थानीयले बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हाइटीमा झन्डै १५ लाख मानिस विस्थापित: संयुक्त राष्ट्रसङ्घ
-
१२ बजे १२ समाचार: राप्रपालाई धक्कादेखि गृहमा सुधनको चर्चासम्म
-
लेबनानलाई छ करोड ४० लाख डलर सहयोग आवश्यक: राष्ट्रसङ्घ
-
रास्वपाका सांसदहरूलाई तल्लो तहको उम्मेदवारीमा रोक
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण