दुई जनाविरुद्ध शैक्षिक योग्यताको नक्कली प्रमाणपत्रसम्बन्धी मुद्दा दायर
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुई जनाविरुद्ध शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी मुद्दा दायर गरेको छ ।
अख्तियारले स्याङ्जाको जगत्रदेवी स्वास्थ्य चौकीमा अधिकृत छैटौँ पदमा कार्यरत हिमा डुम्रे न्यौपाने र कपिलवस्तुको यशोधरा गाउँपालिकामा सि.अ.न.मी. निरीक्षक अधिकृत छैटौँ पदमा कार्यरत सरस्वती ओली (वली) क्षेत्रीविरुद्ध बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
डुम्रे न्यौपानेको एसएलसी तहको शैक्षिक योग्यताको प्रमाण पत्र नक्कली रहेको पाइएको अख्तियारले जनाएको छ। यस्तै सरस्वतीले पनि एसएलसीकै नक्कली प्रमाणपत्र पेस गरेको पाइएको अख्तियारले जनाएको छ ।
शैक्षिक योग्यताका नक्कली प्रमाणपत्र पेस गरी लाभ एवं सुविधा लिई भ्रष्टाचार गरेको पाइएकाले भ्रष्टाचार निवारण ऐनको दफा १६ को उपदफा (१) बमोजिम सजाय हुन मागदाबी लिई विशेष अदालतमा मुद्दा दायर गरिएको प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केरा खेतीमा ‘ब्ल्याक डेथ’ को खतरा : ७५३ स्थानीय तहलाई ‘हाइ अलर्ट’
-
काठमाडौँ सडक सहयोगापेक्षी मानवमुक्त घोषणा
-
हिमालीबाहेक गण्डकीका सबै जिल्लामा रास्वपाको नयाँ नेतृत्व
-
‘बर्डफ्लु’ नियन्त्रणका लागि ‘द्रुत कार्य टोली’ परिचालन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
उच्च शिक्षादेखि आयोगका परीक्षामा मोबाइल तथा इलेक्ट्रोनिक डिभाइस लगेमा के हुन्छ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण