प्रदेश प्रमुख देवकोटाद्वारा विज्ञान प्रविधि नवप्रवर्तन विधेयक प्रमाणीकरण
हेटौँडा । बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले एक विधेयक प्रमाणीकरण गरेका छन् । प्रदेश प्रमुख देवकोटाले बिहीबार विज्ञान प्रविधि नवप्रवर्तन तथा विकास कोष सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रमाणीकरण गरेका हुन् ।
गत साउन १६ गते प्रदेशसभाबाट पारित भएको उक्त विधेयक प्रदेश प्रमुख देवकोटासमक्ष प्रमाणीकरणका लागि विज्ञान प्रविधि नवप्रवर्तन सम्बन्धी विधेयक पेस भएको थियो । प्रदेश प्रमुख देवकोटाले नेपालको संविधानको धारा २०१ को उपधारा (२) बमोजिम सो विधेयक प्रमाणीकरण गरेका हुन् ।
प्रदेश प्रमुखबाट प्रमाणीकरण भएसँगै उक्त विधेयकले ऐनको रूप लिनेछ । प्रदेश प्रमुख देवकोटाबाट प्रमाणीकरण भएको सो विधेयकलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयले प्रदेश राजपत्रमा प्रकाशित गर्नेछ । प्रमाणित भएसँगै सो विधेयक विज्ञान, प्रविधि, नवप्रवर्तन तथा विकास कोष ऐन, २०८१ को नाममा रहनेछ ।
विज्ञान प्रविधिका विविध क्षेत्रमा खोज, अध्ययन, अनुसन्धान, आविष्कार र नवप्रवर्तनमा लगानी गर्न उक्त ऐन निर्माण गरिएको हो । प्रविधियुक्त, गुणस्तरीय र परिणाममुखी नतिजाको माध्यमबाट आर्थिक विकास र नागरिकको जीवन पद्धतिलाई सरल तथा सहज बनाउन तथा प्रदेशको समृद्धिमा योगदान पुर्याउने उद्देश्यले सो ऐन निर्माण गरिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानका सर्वोच्च नेतासँग भेट्न तयार छन् ट्रम्प ?
-
पूर्वप्रधानमन्त्री सुशीला कार्कीको सुझाव, ‘सत्तामा पुग्दैमा विपक्षीलाई सिध्याउने खेलमा लाग्नु हुँदैन’
-
वातावरण जोगाउनेलाई विराटनगरको सम्मान
-
संवैधानिक आयोगका १९ पदाधिकारी सिफारिसमा प्रधानमन्त्री मौन
-
लोकतन्त्रको रक्षा र राष्ट्रियता संरक्षणमा युवाको भूमिका महत्त्वपूर्ण : मुख्यमन्त्री आचार्य
-
कामदार छनौट प्रक्रियामा अनियमितता भएको भन्दै दायर रिटमा लिखित जवाफ माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण