सरकारले निर्णय गरेपनि टिकटक खुल्न अझै केही समय लाग्ने
काठमाडौँ । सरकारले टिकटकमा लगाएको प्रतिबन्ध हटाउने निर्णय गरेपनि खुल्न भने अझै केही समय लाग्ने भएको छ ।
यसअघि पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले २०८० कात्तिक २७ गते टिकटकमा लगाएको प्रतिबन्ध बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले हटाउने निर्णय गरेको हो । टिकटकबाट सामाजिक सद्भाव बिगार्ने काम गरेको भन्दै प्रचण्ड नेतृत्वको तत्कालीन सरकारले प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।
पर्यटन प्रवर्द्धनसहितका ४ सर्तसहित टिकटक खोल्न दिने निर्णय भएको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिएका । उनका अनुसार टिकटकले सामाजिक सञ्जालको सञ्चालन निर्देशिका, २०८० को दफा ३ अनुसार सामाजिक सञ्जाल सञ्चालनको लागि मन्त्रालयमा सूचीकरण गर्नुपर्ने, सूचिकृत भएको सामाजिक सञ्जालको प्वाइन्ट अफ कन्ट्याक्ट तोक्नुपर्ने सर्त अघि सारेको छ । यस्तै सरकारले पर्यटन प्रवर्द्धनमा सहयोग गर्ने, डिजिटल सुरक्षा र साक्षरताको लागि काम गर्नुपर्ने, सार्वजनिक शिक्षामा र आइटीबेस बनाउन सहयोग गर्नुपर्ने, कन्टेन बनाउँदा भाषाको फिल्टरिङ गर्नुपर्ने सर्त राखेको उनले बताए ।
सरकारले राखेका शर्तहरु पूरा गरी दर्ता गरेर आएको दिनदेखि प्रतिबन्ध हटाउने निर्णय भएको सरकारका प्रवक्ता गुरुङले बताए । उनले सामाजिक दुर्भावना, अरूलाई गालीगलौज गर्ने भाषा प्रयोग गर्न नदिने र त्यसमा नियन्त्रण गर्नेगरी समझदारी भएको दिनदेखि प्रतिबन्ध हटाइने बताए ।
मन्त्री गुरुङले टिकटक जस्तै अरू सामाजिक सञ्जालले पनि अब उप्रान्त प्वाइन्ट अफ कन्ट्याक्न्ट दिनुपर्ने र सरकारले राखेका पर्यटन प्रवर्द्धन, डिजिटल सुरक्षा र साक्षरता लगायतका विषयमा प्रवर्द्धन गर्नेगरी सूचिकृत भएपछि मात्रै सञ्चालन गर्न पाउने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
-
अनुहारमा दही लगाउँदा के हुन्छ ?
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण