भन्सार नाकामा आईपुग्यो जीकर एक्स, अटो शोमा लन्च हुने
काठमाडौँ । नेपाली बजारका लागि वहुप्रतिक्षित लक्जरी एसयूभी जीकर एक्स भन्सार नाकामा आइपुगेको छ । भदौ ११ देखि सुरु हुने नाडा अटो शोमा सोकेस गर्न सो एसयूभी नेपाल ल्याइएको जनाइएको । जीकर एक्स भन्सार नाकासम्म आईपुगेको र अवको केहि दिनमै काठमाडौं भित्रिने नेपालका लागि आधिकारिक वितरक पायोनियर मोटोकर्प स्रोतले बताएको छ ।
कम्पनीले यसको रियर ह्विलर र अल ह्विल ड्राईभ भेरिएन्ट नेपाल ल्याउने जानकारी दिँदै मूल्य यसअघि नै सार्बजनिक गरिसकेको छ । जसअनुसार, यो नयाँ प्रिमियम ईभीको मूल्य क्रमशः ९० लाख र १ करोड ६० लाख पर्ने जनाइएको छ । चिनियाँ अटो निर्माता जिली अन्तर्गतको प्रिमिमय ईभी ब्रान्ड जिकरले आफ्नो एक्स मोडको सिंगल मोटर भेरिएन्टमा रियर–ह्विल–ड्राइभ तथा डुअल मोटरमा अल– ह्विल–ड्राइभ सिस्टम दिएको छ ।
सो नयाँ कम्प्याक्ट एसयुभीमा जीकरले ६६ किलोवाट आवरको ब्याट्री प्याक जडान गरेको छ, जसले सिंगल चार्जमा ४४० किलोमिटर रेन्ज दिने दावी गरिएको छ । साथै यसको रियर ह्विल ड्राइभमा २०० किलोवाट तथा अल ह्विल ड्राइमा ३१५ किलोवाट क्षमताको मोटर राखिएको छ ।
सिंगल मोटर भेरिएन्टले २०० किलोवाट पिक पावर तथा ३४३ एनएम टर्क र डुअल मोटर भेरिएन्टले ३१५ किलोवाट पिक पावर र ५४३ एनएम टर्क जेनेरेट गर्दछ । स्टार्ट गरेको ३।८ सेकेन्डमै यसले सून्यदेखी १०० किलोमिटर सम्मको गति लिन सक्ने कम्पनीको भनाइ छ।
जिकर एक्समा ५ वटा क्यामेरा, ५ मिलिमिटर वेभ राडर र १२ वटा अल्ट्रा सोनिक सेन्सर समेत जडान गरिएको छ । यो कारमा १४.६ इन्चको सेन्ट्रल स्लाइडिङ इन्फोटेन्मेन्ट स्क्रिन, २४.३ इन्चको हेड–अप–डिस्प्ले तथा ८.८ इन्चको इन्स्ट्रयुमेन्ट प्यानल राखिएको जनाइएको छ ।
जीलीको सस्टेनेवल इलेक्ट्रिक आर्किटेक्चरमा तयार पारिएको यो एसयूभीको लम्बाई ४४५० एमएम, चौडाई १८३६ एमएम र उचाई १५७२ एमएम छ भने ह्विलवेश २७५० एमएम लामो रहेको कम्पनीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हर्मुज जलमार्गमा फसेका ६ हजार नाविक उद्धारका लागि राष्ट्रसङ्घको आह्वान
-
सिलिण्डर विष्फोट हुँदा एक जनाको मृत्यु, एक जना गम्भीर घाइते
-
निहारिका राजपुत र बिनु यादव हाजिरी जमानीमा रिहा
-
गृहमन्त्री भन्छन्– म छड्के जान्छु, गृहमन्त्री गायब भयो भनेर समाचार आउँछ
-
मन्त्रालय एउटै, मन्त्रीको पदबहाली दुई ठाउँमा
-
समुद्रको गहिराइमा जापानले खनन परीक्षण गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण