सिंहदरबारभित्रै सरकारी अस्थायी, करार तथा ज्यालादारी कर्मचारीहरू आन्दोलित

काठमाडौँ । सरकारी सवारी साधन चलाउने ड्राइभरको जीवन बीमा (इन्स्योरेन्स) गर्न माग गर्दै सरकारी अस्थायी, करार तथा ज्यालादारी कर्मचारीहरू आन्दोलन भएका छन् ।
शुक्रबार सिंहदरबारमा सरकारी अस्थायी, करार तथा ज्यालादारी कर्मचारी संयुक्त संघर्ष समितिले जीवन बीमाको माग गर्दै आन्दोलन गरेको हो । उनीहरुले सरकारले आफ्ना मागहरू पूरा नगरे आन्दोलनलाई अझै बढाउँदै जाने बताए । संघर्ष समितिका उपाध्यक्ष जितेन्द्रकुमार मिश्राले सवारी साधनको इन्स्योरेन्स भएझैँ सरकारी सवारी साधन चलाउने ड्राइभरको पनि हुनुपर्ने आफूहरूको माग रहेको बताए । आफूहरूलाई महँगी भत्ता, सामाजिक सुरक्षा कोषमा आबद्ध गरिदिनुपर्ने पनि माग अघि सारेका छन् ।
संघर्ष समितिका अध्यक्ष श्याम सापकोटालाई नियमित काममा फर्काउने व्यवस्था मिलाउन सरकारसँग आग्रह गरेको बताए । उनले प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयले भारी सवारी चालक सापकोटालाई मानसिक तनाव दिई जागिरबाट निस्किने अनुचित वातावरण बनाइएको भन्दै सिंहदरबारमै अनसन बसेको बताए ।
उनीहरुले सरकारको विभिन्न निकायहरूमा कार्यरत अस्थायी, करार तथा ज्यालादारी कर्मचारीहरूको समस्याहरू समाधान गर्दै न्यायोचित व्यवस्थापन गर्न माग गरेको बताए । लामो समयदेखि कार्यरत करार तथा ज्यालादारी कर्मचारीहरूलाई मानसिक तनाव बढाउने र रोजगारीबाट हटाई आफ्नो नजिकका व्यक्तिहरूलाई राख्ने उद्देश्यले हटाइएको उनीहरूको आरोप छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कस्तो रहला तपाईँको यो साता ? हेर्नुहोस् साप्ताहिक राशिफल
-
देशमा पश्चिमी, स्थानीय र मनसुनी वायुको प्रभाव : आज यी प्रदेशमा हुनेछ चट्याङसहित वर्षा
-
सूर्यनारायणको बार आज कुन राशिलाई कति लाभ ?
-
आजको लागि विदेशी मुद्राको विनिमयदर
-
रातो मच्छेन्द्रनाथको भोटो आज देखाइँदै, काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा
-
मुक्तिनाथधाममा पदमार्ग निर्माण