बाराबाट १३ जना जुवाडे पक्राउ
वीरगन्ज । बारा प्रहरीले जुवातास खेल्ने १३ जनालाई नियन्त्रणमा लिएको छ । जुवातास खेलिरहेको भन्ने सूचनाका आधारमा प्रहरीले छापा मार्दा महागढी नगरपालिका–१ बरियापुरबाट १३ जनालाई पक्राउ गरेको हो ।
प्रहरीको विशेष टोलीले बरियापुरस्थित मोतीलाल प्रसादको घरमा छापा मारेर १३ जनालाई नियन्त्रणमा लिएको बारा प्रहरी प्रवक्ता प्रकाश सापकोटाले बताए । जुवातास खेलिरहेको अवस्थामा मनोज प्रसाद कुशवाहा, विनोद प्रसाद, मोतिलाल प्रसाद, जतिकर हुसेन, मोतिलाल कुशवाहा, राजु कुशवाहा, अच्छेलाल महतो, कस्तुरी साह, राजकिशोर प्रसाद कुशवाहा, जितेन्द्र तिवारी, सुकदेव यादव र मुस्ताकखान पैठानलाई पक्राउ गरेको छ ।
पक्राउ परेका सबै जना महागढी नगरपालिका १ का बासिन्दा रहेको प्रहरीले जानकारी दिएको छ । उनीहरूको साथबाट १ लाख ७१ हजार २ सय ८० रुपैयाँ बरामद भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
पक्राउ परेकाहरूलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखी कानुनी प्रक्रिया अगाडि बढाइएको बारा प्रहरीले बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मे महिनायता पहिलोपटक तेलको मूल्य प्रतिब्यारल १०० डलर पुग्यो
-
वीर अस्पतालमा गुनासो सुन्ने अधिकारी मात्रै ११ जना
-
सीजेपी र भारत सरकारबिच वार्ताको स्थानलाई लिएर विवाद, संस्थापक दीपके बिरामी
-
सिरहा घटना : गोली प्रहार गरेर पक्राउ गरिएका आरोपीहरूबाट २४३ ग्राम खैरो हेरोइन बरामद
-
‘डा. केसीसँग छु’ भन्ने शिक्षामन्त्रीकै कार्यशैलीविरूद्ध गाेविन्द केसीकाे २४औँ सत्याग्रह
-
सूर्यवंशीको कीर्तिमानी अर्धशतक, टी-२० मा भारतको हारको शृङ्खला अन्त्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण