नवलपुरमा थपिए दुई सय उद्योग

नवलपुर । आर्थिक वर्ष २०८०/८१ मा नवलपरासी (बर्दघाट–सुस्तापूर्व) मा दुई सय ६ उद्योग थपिएका छन् । जिल्लामा पाँच सय ६८ उद्योगको नवीकरण गरिएको छ ।
पर्यटन तथा उद्योग कार्यालय नवलपुर, नवलपरासी (बर्दघाट–सुस्तापूर्व)का कार्यालय प्रमुख प्रभाकर घिमिरेले नवलपुरमा वन तथा पर्यटन उद्योगसँग सम्बन्धित उद्योग थपिने क्रम बढ्दो रहेको बताए । सोही आवमा जिल्लामा एक सय ४८ उद्योगले लगत कट्टा गरेका थिए । हाल जिल्लामा ६ हजार ६ सय ९१ उद्योग कायम रहेका उनले जानकारी दिए ।
गत आवमा उद्योग दर्ता तथा नवीकरणबाट कार्यालयले रु १९ लाख ८३ हजार राजस्व सङ्कलन गरेको प्रमुख घिमिरेले बताए । यसैगरी, आव २०८०/८१ मा जिल्लामा वाणिज्यतर्फ दुई सय ९८ व्यवसाय दर्ता भएका छन् । सो अवधिमा आठ सय ९९ व्यवसायीले व्यवसाय नवीकरण गर्दा दुई सय ६ व्यवसायको लगत कट्टा गरिएको छ । जिल्लामा गत आवसम्म आठ हजार पाँच सय सात व्यवसाय कायम रहेको उनले बताए ।
जिल्लामा वाणिज्यसम्बन्धी दर्ता र नवीकरणबाट रु २४ लाख ३२ हजार राजस्व सङ्कलन गरिएको प्रमुख घिमिरेले बताए । हाल १५ हजार एक सय ९८ उद्योग तथा वाणिज्य व्यवसाय सञ्चालन छन् । गत आवमा उद्योग तथा वाणिज्य व्यवसायसम्बन्धी दर्ता तथा नवीकरणको कामबाट रु ४४ लाख १६ हजार राजस्व सङ्कलन गरेको कार्यालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चक्रपथ दोस्रो खण्ड विस्तारमा अझै समय लाग्ने, सर्भे गर्दै चिनियाँ टोली
-
गर्मीमा कहिले र कसरी लगाउने सनस्क्रिन क्रिम ?
-
गाजामा बलजफ्ती कब्जा गर्ने नेतन्याहूको योजना, हमासविरुद्ध सैन्य आक्रमणको प्रस्तावमा सुरक्षा परिषदको अनुमति
-
संसद्को दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
कटान नियन्त्रण नहुँदा सुरौदी खोला जलाधार क्षेत्रका स्थानीय मारमा
-
बर्सिम घाँसको बीउबाटै लाख कमाउँछन् किसान