हालान्डको ह्याट्रिकमा सिटीको पुनरागमन, स्पर्सको गोल वर्षा
लण्डन । अर्लिङ हालान्डको ह्याट्रिकको मद्दतले म्यानचेस्टर सिटीले एक गोलले पछि परेको स्थिति उल्टाउँदै नवप्रवेशी इपस्विच टाउनलाई ४–१ गोल अन्तरले पराजित गरेको छ ।
खेलको सातौँ मिनेटमा सामी स्जमाडिक्सले इतिहाद स्टेडियममा इपस्विचलाई अप्रत्याशित अग्रता दिलाएका थिए । तर, टोलीको अग्रता लामो समय टिक्न सकेन । १२ औँ मिनेटमा हालान्डले पेनाल्टीमार्फत बराबरी गोल फर्काए भने दुई मिनेटपछि केभिन डी ब्रुयनाले घरेलु टोलीलाई अग्रता दिलाए । लगत्तै १६ औँ मिनेटमा गोल गर्दै हालान्डले टोलीको अग्रता फराकिलो बनाए ।
दोस्रो हाफको अन्त्यतिर हालान्डले अर्को गोल थप्दै आफ्नो ह्याट्रिक पूरा गरे । यो सिजन दुई खेलमा उनको यो चौथो गोल थियो । दुई खेलमा दोस्रो जित हासिल गर्दै सिटी अङ्क तालिकामा ६ अङ्कसहित शीर्ष स्थानमा उक्लिएको छ । इपस्विच भने दुई खेलमा जितविहीन रहेको छ ।
शनिबार नै भएको अन्य खेलमा सन ह्युङ मिनको दुई गोलको मद्दतले टोटनह्याम हटस्पर्सले एभर्टनमाथि ४–० सहज जित हासिल गरेको छ । स्पर्सको जितमा येभ्स बिसोमा र क्रिस्टियन रोमेरोले एक–एक गोल थपे । नयाँ सिजनमा स्पर्सको यो पहिलो जित हो । एभर्टनले भने दुई खेलमा जित हासिल गर्न सकेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विदेशी बिरामी मार्फत् एक अर्ब ५० करोडभन्दा बढी विदेशी मुद्रा भित्र्याउँदै नेपाल नेत्रज्योति सङ्घ
-
लालबकैया बाँधको उच्चस्तरीय अनुगमन, बाढी जोखिम न्यूनीकरणमा सतर्कता अपनाइने
-
बीपी स्मृति दिवसमा कांग्रेसले आयोजना गर्ने ‘ग्रिन रन’ मा सहभागी हुन सभापति थापाको आह्वान
-
बाढीले क्षतिग्रस्त विद्युतीय गाडी टिमुरे भन्सारमै बेवारिसे (तस्बिरहरू)
-
काठमाडौँको बौद्धमा युवतीले गरिन् आत्मदाह प्रयास
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण