माओवादी केन्द्र गण्डकीको परामर्श बैठक पोखरामा सुरु
पोखरा । नेकपा (माओवादी केन्द्र) को केन्द्रीय परामर्श बैठक आजबाट गण्डकीमा सुरु भएको छ। भोलिसम्म चल्ने बैठकमा केन्द्रीय पदाधिकारीसहित सो प्रदेशका केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीहरूको सहभागिता रहने माओवादी केन्द्र गण्डकी प्रदेशले जनाएको छ।
केन्द्रीय समिति बैठकमा प्रस्तुत गर्ने दस्ताबेज लेख्नुअघि केन्द्र र प्रदेशका नेताहरूसँग परामर्श गर्ने कार्यक्रमअन्तर्गत परामर्श बैठक सुरु गरिएको हो । जसअनुसार बागमती, उपत्यका विशेष प्रदेश र सम्पर्क समन्वय प्रदेशको बैठक सम्पन्न भइसकेको छ । बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ केन्द्रीय पदाधिकारीले प्रदेशमा कार्यक्षेत्र भएका केन्द्रीय सदस्य तथा प्रदेश पदाधिकारीहरुको परामर्श लिने गरेका छन् ।
प्रदेश परामर्श बैठकमा अध्यक्ष प्रचण्डले सुरुमा विषय प्रवेश गराएर नेताहरूको सुझाव सुन्ने गरेका छन् । प्रदेश परामर्श बैठकपछि माओवादीको केन्द्रीय कमिटी बैठक बस्नेछ। केन्द्रीय कमिटीले ठोस निर्णय गरेर नियमित कार्यक्रमिक रुपमा जनतामा जाने माओवादीको तयारी छ।
परामर्श बैठक कहाँ कहिले ?
–बागमती प्रदेशका के।स। तथा प्रदेश पदाधिकारीहरूको बैठक भदौ ५ र ६ गते ।
–उपत्यका विशेष तथा सम्पर्क समन्वय प्रदेशमा कार्यरत केस तथा प्रदेश पदाधिकारीहरूको बैठक भदौ ७ र ८ गते ।
–गण्डकी प्रदेशका के।स। तथा प्रदेश पदाधिकारीहरूको बैठक भदौ ९ र १० गते ।
–सुदूपश्चिम प्रदेशका के।स। तथा प्रदेश पदाधिकारीहरूको बैठक भदौ १२ र १३ गते ।
–कर्णाली प्रदेशका के।स। तथा प्रदेश पदाधिकारीहरूको बैठक भदौ १४ र १५ गते ।
–लुम्बिनी प्रदेशका के।स। तथा प्रदेश पदाधिकारीहरूको बैठक भदौ १६ र १७ गते ।
–तीनवटै केन्द्रीय आयोगका सदस्यहरूको बैठक भदौ १८ र १९ गते ।
–मधेश प्रदेशका केसहरूको बैठक भदौ २२ र २३ गते ।
–१ नं प्रदेशका केस तथा प्रदेश पदाधिकारीहरूको बैठक भदौ २४ र २५ गते ।
–जवस मोर्चामा कार्यरत पार्टी केसहरू र केन्द्रीय विभागहरूमा कार्यरत पार्टी केसहरूको बैठक भदौ २७ र २८ गते ।
–प्रवास प्रदेशमा कार्यरत पार्टी केसहरू तथा प्रदेश पदाधिकारीहरूको बैठक भदौ ३१ र असोज १ गते ।
–जेष्ठ कम्युनिस्ट मञ्च र केन्द्रीय सल्लाहकारहरूको बैठक असोज २ र ३ गते ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निर्माणाधीन घरमा दुई जनाको शव फेला
-
बागमतीका कृषि मन्त्री पौडेलले भने–अब सरकारको नेतृत्व जसको संख्या पुग्छ त्यसले गर्छ
-
उर्लाबारीबाट भरुवा बन्दुक र विस्फोटक पदार्थ बरामद
-
मध्यपहाडी राजमार्गको जयराम–हलेसी खण्ड मर्मतका लागि टेन्डर आह्वान
-
काठमाडौँ महानगरको आठ तले भवन २०८४ कात्तिकभित्र सक्ने लक्ष्य, ३५ प्रतिशत काम सम्पन्न
-
बागमती प्रदेशमा एमालेले लियो सरकारलाई दिएको समर्थन फिर्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण