नेप्सेमा पहिरो, साताको कारोबारको पहिलो दिन ७९.८८ अंकले घट्यो
काठमाडौँ । साताको कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा पहिरो गएको छ । आइतबार नेप्से परिसूचक ७९.८८ अंकले घटेर २ हजार ८९४.५७ को बिन्दुमा झरेको हो ।
यसअघि कारोबारको अन्तिम दिन बिहीबार नेप्से ६.०१ अंकले बढेर बन्द भएको थियो । यस्तै सो दिन नेप्से २९७४.४६ विन्दुमा उक्लिएको थियो ।
नेप्सेका अनुसार आइतबार ४ करोड २६ लाख ८६ हजार ६४० कित्ता सेयर किनबेच हुँदा १९ अर्ब ७४ करोड बराबरको कारोबार भएको छ ।
यस दिन अधिकांश उपसूचकहरु राताम्मे भएका छन् । माइक्रो फाइनान्सबाहेक सबै उपसूचक राताम्मे भएको हो । त्यसमा पनि बैंकिङ क्षेत्रको सेयर सबैभन्दा बढी ३.५० प्रतिशतले घटेको छ ।
यस्तै सेयर बजारमा तीव्र गिरावटका बीच तीन वटा कम्पनीको सेयरमा भने सकारात्मक सर्किट लागेको छ । जसअुनसार विन नेपाल लघुवित्त, उपकार लघुवित्त र आत्मनिर्भर लघुवित्तको सेयर १० प्रतिशतले बढेको हो। यस्तै मन्दकिनी हाइड्रोपावरका लगानीकर्ताले सबैभन्दा बढी गुमाए ।
कारोबारको हिसाबले अपिपावर कम्पनीको सेयर सबैभन्दा धेरै कारोबार भयो भने त्यसपछि हिमालन रिइन्स्योरेन्सको कारोबार भयो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बंगलादेशका राष्ट्रपति शाहाबुद्दिनले दिए राजीनामा
-
पाल्पामा खोलामा हाम फाले पुरुष, सकुशल उद्धार
-
आकासमा काँलो बादल मडारिना साथ त्रसित हुन्छन् ‘ब्रह्मपुरी’का बासिन्दा
-
उच्च र विशेष अदालतको आदेश बदर गर्न माग गर्दै व्यवसायी दीपक भट्ट सर्वोच्च पुगे
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गुनासो सुन्न सुरु
-
बालेन सरकारविरुद्ध चार वाम एक ठाउँमा, प्रचण्डले सुनाए घेराबन्दीको सूत्र !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण